फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा हुने, पहिलो पोस्टर सार्वजनिक « Khabarhub

फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा हुने, पहिलो पोस्टर सार्वजनिक


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

यस फिल्ममा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छन् । नायिका उषा रजक, नायकहरू शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौला मुख्य भूमिका छन् ।

निर्देशक रोशन मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित रहेर निर्माण गरिएको हो ।

फिल्ममा ‘लालिमा’को भूमिका नायिका रोशनीले निर्वाह गरेकी छन् । उनको आमाको भूमिकामा उषा छिन् ।

फिल्मबारे निर्देशक मिराज भन्छन्, ‘फिल्मको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ । एक घटनाले लालीमाकी बोल्न नसक्ने आमा कारागार पुग्छिन् । आमालाई कारागार मुक्त गराउने क्रममा लालीमा सहरको कठोर र अँध्यारोतर्फ धकेलिन्छन् । त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुनेछिन् । यही कथामा फिल्म बनेको हो ।’

पोस्टरमा नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरिएको छ । उनले एक झ्यालको छेउमा संकटमा परेर बसिरहेको देख्न सकिन्छ । उनको शरीरको माथिल्लो भागको कपडा छैन । एक सेतो कपडाले उनले शरीर छोपेकी छन् । उनको लाली लतपतिएको लालीले उनको चरित्रप्रति संशय पैदा गर्छ ।

‘लालिमा’ पीडाको मात्रै नभएर शोषण र संरचनागत अन्यायको पनि नझुक्ने मानवीय साहसको कथा रहेको निर्देशक मिराजको तर्क छ ।फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । फिल्मको लेखक मिराज आफैँ हुन् ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ११ : ३९ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको