प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ  « Khabarhub

प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ 


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपाप्रति भरोसा बढ्दै गए पनि आफ्नो पक्षमा अझैपनि सोचेजस्तो माहौल बन्न नसकेको बताएका छन् । 

नेकपा संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा मंगलबार पेरिसडाँडा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले नेकपा गठन भएपछि जनतामा बिस्तारै आशा र भरोसा बढ्दै गए पनि सामाजिक सञ्जालमा नयाँ भन्नेहरूजस्तो माहौल अझै पनि आफ्नो पक्षमा बन्न नसकेको बताएका हुन् । 

वर्तमान असहज, असाधारण परिस्थितिको निर्वाचनमा पहिलेको भन्दा अझ बढी सक्रिय र मेहनत गरेर निर्वाचन परिणामलाई सकारात्मक स्वरूप दिन अगाडि बढ्नुपर्ने उनले बताए ।

त्यस्तै प्रचण्डले राष्ट्रिय स्वाधीनता, समाजवादको आधार निर्माण, भ्रष्टाचार विरुद्धको सुशासन कायम गर्ने, आर्थिक विकास र समृद्धिका लागि नेकपालाई विजयी गराउन पर्नेमा जोड दिए ।

उनले सिद्धान्त र राजनीतिक मुद्दाहरूका आधारमा नभई नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको तर्क गरे।

उनले एकताबद्ध भएर योजनाबद्ध ढंगले बाँकी रहेको समयमा मेहनत गरे नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको धारणा राखे । उनले अहिले पार्टीभित्र बहस गर्नुभन्दा पार्टीसँग जोडिएर फिल्डमा खटिन निर्देशन समेत दिए ।

कार्यक्रममा एमालेमा आबद्ध विष्णु अधिकारी र जसपा परित्याग गरी अर्जुन चौलागाईं लगायतलाई नेकपामा प्रवेश गराइएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  १ : ०२ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु