बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू)  « Khabarhub

बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू) 


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारामा नगदे बालीका रूपमा रहेको उखु बिक्रीको सिजन सुरु भएसँगै किसानलाई उखु काट्न चटारो बढेको छ । 

बिहानदेखि साँझसम्म खेतबारीमै खटिएर किसानहरू उखु काट्ने र चिनी मिलसम्म पुर्‍याउने तयारीमा जुटेका छन् । 

उखु खेती किसानका लागि घरदैलोमै रोजगारीको माध्यम बनेको छ भने यसले धेरैको जीवनस्तरमा सुधार ल्याएको उनीहरू बताउँछन् ।

बारामा रहेको एक मात्र चिनी उद्योग रिलायन्स सुगर मिल्समा उखु बिक्री गर्न किसानहरू व्यस्त देखिन्छन् । 

सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ तोकेको छ भने ७० रुपैयाँ अनुदान थप गरी किसानले कुल ६९० रुपैयाँ पाउने व्यवस्था गराएको छ । 

तर उत्पादन लागत बढेको भन्दै किसानहरूले यो मूल्य अपर्याप्त भएको गुनासो गरेका छन् । 

किसान प्रतिनिधिहरूले ७५० रुपैयाँ प्रतिक्विन्टल माग गरेका थिए। मूल्य निर्धारणमा सहमति नजुट्दा हरेक वर्ष जस्तै यसपालि पनि किसान प्रतिनिधि र चिनी मिलका प्रतिनिधिबीच किचलो देखिएको छ ।

उखु खेती बाराका किसानका लागि अझै पनि प्रमुख नगदे बालीका रूपमा रहेको छ। उचित मूल्य र समयमा भुक्तानी पाएमा उखु खेतीले ग्रामीण अर्थतन्त्रलाई थप बलियो बनाउने किसानहरूको अपेक्षा छ । 

नेपालमा उखु लगाउने समय फागुनदेखि वैशाखसम्म पर्छ भने रोपेको करिब १० देखि १२ महिनापछि अर्थात् मंसिरदेखि फागुनसम्म उखु काट्ने उपयुक्त समय हुन्छ । 

यही कारण जाडो याम सुरु भएसँगै उखु काट्ने र चिनी मिलमा पठाउने काम तीव्र हुने गर्छ।

तस्बिरहरू : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  २ : ३३ बजे

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका