दार्चुलामा प्रहरी हवल्दार मृत भेटिए, दुई जना पक्राउ « Khabarhub

दार्चुलामा प्रहरी हवल्दार मृत भेटिए, दुई जना पक्राउ


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

 दार्चुला – दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन् । 

घटना शंकास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । 

मृत भेटिएका प्रहरी हवल्दार घर्तीको टाउको र निधारमा गहिरो घाउ रहेको छ । उनी महाकाली नगरपालिका–४ का बासिन्दा हुन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौरव महतले घटनामा संलग्न रहेका अन्य केही व्यक्तिको समेत खोजतलास भइरहेको जानकारी दिए ।
 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  २ : १५ बजे

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने