वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमणबारे रमेश खरेल भन्छन् : राज्य कागजमा मात्रै सीमित हुँदाको परिणाम « Khabarhub

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमणबारे रमेश खरेल भन्छन् : राज्य कागजमा मात्रै सीमित हुँदाको परिणाम


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज (पर्सा) – पर्साको वीरगञ्जस्थित आदर्शनगरमा अवैध रूपमा तस्करी गरी ल्याइएको सामान बरामद गर्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि मंगलबार आक्रमण भएको छ।

आक्रमणमा सशस्त्र प्रहरीका सवारीसाधन तोडफोड हुनुका साथै व्यापारी समूहको कुटपिटबाट तीन जना प्रहरी घाइते भएका छन्।

घटनापछि नेपाल प्रहरीका पूर्व डीआईजी रमेशप्रसाद खरेलले बुधबार कडा प्रतिक्रिया जनाएका छन्। पर्साका पूर्व प्रहरी प्रमुखसमेत रहिसकेका खरेलले उक्त आक्रमणले ‘कानुनी शासनमाथि गम्भीर चुनौती’ दिएको बताएका छन्।

सीमावर्ती क्षेत्रमा तस्करी ‘व्यवसाय’ जस्तै स्थापित हुनु र सुरक्षाकर्मीमाथि नै आक्रमण हुनु सामान्य घटना नभएको उनले बताएका छन्।

‘कानुन कार्यान्वयन गर्ने निकाय नै असुरक्षित हुने अवस्था आयो भने सर्वसाधारण नागरिक कति सुरक्षित होलान्?’ उनले प्रश्न गरेका छन्। राज्यको उपस्थिति कागजमा सीमित हुँदा अपराधीहरू झन् साहसी बन्ने चेतावनी पनि उनले दिएका छन्।

खरेलले राजनीतिक संरक्षण, दण्डहीनता र कमजोर कार्यान्वयनकै कारण यस्ता घटना दोहोरिने गरेको उल्लेख गरेका छन् । ‘आज प्रहरी कुटिन्छन् भने भोलि पत्रकार, व्यापारी वा सर्वसाधारण नागरिक पनि निशानामा पर्न सक्छन्’, उनले चेतावनीसहित भनेका छन् ।

खरेलले औपचारिक विज्ञप्ति र सरुवाले मात्रै समस्या समाधान नहुने स्पष्ट पारेका छन्। घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन, राजनीतिक संरक्षणको जालो तोड्न र सीमामा खटिने सुरक्षाकर्मीलाई स्पष्ट आदेश, पर्याप्त स्रोतसाधन र कानुनी सुरक्षा दिन आवश्यक रहेको उनल बताएका छन् ।

‘कानुन सबैभन्दा माथि हुनुपर्छ। डर अपराधीलाई होइन, अपराधीले कानुन मान्ने वातावरण बन्नुपर्छ,’ खरेलले जोड दिँदै भनेका छन् ।

खरेल नेपाल प्रहरीको एसपी हुँदा जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखका रुपमा कार्यरत रहेर नेपाली सिंघमका रुपमा चर्चित भएका थिए । उनले पर्सामा हुँदा अपराध र तस्करी नियन्त्रण गरेर आफूलाई अब्बल सावित गरेका थिए।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ३ : ५६ बजे

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान

घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीलाई निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

काठमाडौं- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको