पहिलोपटक आहा रारा पोखरा गोल्डकप फ्लडलाइटमा « Khabarhub

पहिलोपटक आहा रारा पोखरा गोल्डकप फ्लडलाइटमा


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा रंगशालामा पहिलोपटक फ्लडलाइटमा फुटबल खेलाइएको छ । मोफसलको प्रतिष्ठित आहारारा पोखरा गोल्डकप मंगलबार देखि सुरु भएको छ । आयोजक सहारा क्लबले २५औँ संस्करणको गोल्डकपलाई रजत वर्षको रूपमा मनाएको छ । रजत वर्षलाई स्मरणीय बनाउन आयोजकले सबै खेलहरू फ्लडलाइटमा खेलाउने निर्णय गरेको हो ।

माघ २७ देखि फागुन ९ गतेसम्म प्रतियोगिता हुनेछ । प्रतियोगितामा तीन विदेशी क्लबसहित १२ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

उद्घाटन खेलमा आयोजक सहारा क्लब र हङकङको गोर्खा फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो । जहाँ खेलको ९३औँ मिनेटमा प्रशन्न श्रेष्ठले गोल गर्दै आयोजक सहारालाई विजयी सुरुआत दिलाएका छन् ।

प्रतियोगितामा तीन विदेशी क्लब उज्वेकिस्तानको आभा फुटबल क्लब, हङकङको गार्खा फुटबल क्लब र भारतको थन्डरबोल्ट नर्थ युनाइटेडले सहभागिता रहेको छ ।

यस्तै, नेपाली क्लबमा नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, चर्च ब्वाइज युनाइटेड, जाउलाखेल युथ क्लब, प्लानिङ व्वाइज युनाइटेड र फ्रेन्ड्स क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले १४ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले सात लाख एक हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएका छन् । अनुशासित टोलीलाई २५ हजार रुपैयाँ र ट्रफी दिइनेछ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले जनही २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ बापत १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । दर्शकहरूलाई समेत प्रोत्साहित गर्न प्रत्येक म्याचको भाग्यशाली दर्शकलाई पाँच हजार रुपैयाँ र ‘फ्यान अफ दि म्याच’लाई दुई हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

आयोजकले प्रतियोगिता हेर्न आउने दर्शकका लागि टिकटदर समेत तय गरेका छन् । सिजनल टिकटको एक हजार २०० रुपैयाँ तोकिएको छ भने जर्सीसहितको टिकट तीन हजार रुपैयाँ र जर्सी मात्र खरिद गर्दा दुई हजार रुपैयाँ लाग्नेछ ।

साधारण प्यारापिट तर्फका खेलहरूका लागि प्रि–क्वार्टर र क्वार्टरफाइनलमा पश्चिमतर्फ २०० र अन्यतर्फ १०० रुपैयाँ शुल्क लाग्नेछ । सेमिफाइनलमा पश्चिम प्यारापिटको ३०० र अन्यको २०० रुपैयाँ तथा फाइनल खेलका लागि ५०० र ३०० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

माघ २८ गते जाउलाखेल युवा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ २९ गते नेपाल एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्नेछन् भने फागुन १ गते फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच भिडन्त हुनेछ ।

फागुन २ गतेदेखि क्वार्टरफाइनलका खेलहरू सुरु हुनेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल फागुन ६ गते र दोस्रो सेमिफाइनल फागुन ७ गते हुनेछ । फाइनल खेल फागुन ९ गते आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ८ : ३१ बजे

‘प्रधानमन्त्रीको बोलीले सीमाबासीको मन दुखेको छ, संसद्‍मा उभिएर माफी माग्‍नै पर्छ’

बासना थापा नेपाली कांग्रेसकी प्रमुख सचेतक हुन्। नेपाली कांग्रेसबाट विजयी

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको साथ, कार्यान्वयनको बाटो खोलिदियो

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड

काठमाडौंमै बाँदर आतंक : भान्सामा छिरेर भात लैजान्छन्, सुकाएका लुगासमेत भेटिँदैनन्

काठमाडौं- पछिल्लो समय बाँदर आतंकले गाउँघरदेखि राजधानी काठमाडौंलाई समेत बाँकी

कर्णालीमा कर्मचारी अभावको गुनासो

काँक्रेविहार– कर्णाली प्रदेश सरकार मातहतमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको

 बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित