ए डिभिजन लिग चैत ३० बाट सुरु हुने « Khabarhub

ए डिभिजन लिग चैत ३० बाट सुरु हुने


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने भएको छ । 
मंगलबार एन्फाले नेपाल खेलाडी सङ्घसँग सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने गरी सहमति गरेको हो ।

चैत ३० गते उद्घाटन गरी केही समय लिग स्थगित गर्ने र त्यसपछि तालिका तयार गरेर अन्य खेल भने वैशाख २० बाट निरन्तर गर्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । त्यस्तै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम संघले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ ।

खेलाडीहरूको सेवा–सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको प्रवक्ता शाहले बताए ।

त्यस्तै खेलाडी संघका अध्यक्ष विक्रम लामाले नेपाली फुटबललाई चलायमान बनाउन आफूहरूको दबाब भएको भन्दै अहिले भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे । अव दुवै पक्षले गम्भीर भएर नेपाली फुटबल खेलाडीहरू अघि बढ्ने उनले बताए । 

एन्फा र संघबीच सहमति भएपछि एन्फा मुख्यालयमा गरिएको तालाबन्दी खोलिएको छ । वार्तामा एन्फा महासचिव राई, केन्द्रीय सदस्य पुरुषोत्तम थापा, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी, प्रवक्ता सुरेश शाह तथा खेलाडी संघका प्रतिनिधिहरू सहभागी थिए । 

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ५ : ४६ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम