उम्मेदवार रिझाउन अन्टसन्ट बोल्दा सञ्जालमा उछितो « Khabarhub

उम्मेदवार रिझाउन अन्टसन्ट बोल्दा सञ्जालमा उछितो



काठमाडौं–  निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम उत्तरार्द्धमा छ । जेन–जी आन्दोलनपश्चात् अन्तरिम सरकारले तय गरेको फागुन २१ मा शान्त र सुरक्षित तवरले चुनाव सम्पन्न भयो । 

यसपटकको चुनाव पहिले भन्दा केही फरक रहन गयो । नयाँ दल र पुराना दलहरुबीच कडा प्रतिस्पर्धा चल्यो । चुनाव प्रचारप्रसारको समयमा समर्थकहरूले आ–आफ्नो पार्टीको हितका लागि बोल्नु स्वाभाविक हो । 

चुनावमा विभिन्न खालका अभिव्यक्ति दिने चलन पहिले देखिको हो । यसमा उनीहरूले नेतालाई रिझाउनु र चर्चामा रहनु स्वार्थ लुकेको देखिन्छ । ‘मेरो नेताले चुनाव नजिते आत्मदाह गर्छु । अथवा फलानो नेताले चुनाव जिते कान काटेर फाल्छु, जिल्ला छोड्छु’ लगायतका अभिव्यक्ति सार्वजनिक भए । 

तर सामाजिक सञ्जाल यतिबेला ती अभिव्यक्ति दिनेहरूलाई कान काट्न हतियार उदाएर बसेको छ । खसी काटेर खुवाउँछु भन्नेलाई खसी काट्न भन्दै पछि लागेको छ । बोल्नेले अनाहकमा बोले । उनीहरूलाई मत परिणामले जवाफ दिइसकेको छ । तर नेपालीहरूलाई वाचा गरेका कुराहरू वास्तविकतामा चाहिएको छ । 

झापा–५ मा एक महिलाले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले ‘चुनाव जिते टिचिङ अस्पताल गएर दुईवटै कान काटेर टाँका लगाउँछु’ भन्ने अभिव्यक्ति दिइन् । त्यस्ते उनले आफ्ना कानका सुन बालेनलाई दिने बोलिन् । 

नेकपा एमाले अर्थात् केपी ओली शर्माकी समर्थक रहेकी उनले एक युटुबमा आवेशमा उक्त कुरा बोलिन् । तर चुनावमा नतिजा उनले भनेको भन्दा फरक आयो । अत्यधिक मतले ओलीलाई पराजित गर्दै बालेन विजयी भए । 

त्यसपछि उक्त महिलालाई सामाजिक सञ्जाल फेसबुक र टिकटकमा खोजिन थाल्यो । जबरजस्ती समातेर पनि कान काट्न पर्‍यो भनेर टिकटक भिडियो बनाइरहेका छन् । खुकुरी उदाइरहेका भिडियो बनेका छन् । इन्फ्न्युसरहरु फोन गरेर कहिले कान काट्ने ? भनेर प्रश्न गर्न थाले । उनलाई एयरपोर्टमै क्यामेरा तेर्स्याएर प्रश्न गरिएको छ । 

उनी पाइला पाइलामा घेरिइन् । सयौँ मानिसहरूले घेरेर उनलाई कान काट्न दबाब दिएका छन् । फोन, म्यासेज, टिकटक भाइबर मात्र होइन, फोन गरेर समेत उनीमाथि मानसिक दबाब दिन थालिएको छ । उनी हैरान भएर आफ्नो पार्टीलाई माया गर्न नपाइने भन्दै प्रतिप्रश्न गरेकी छिन् । राम्रो कम गरेर देखाए नयाँ पार्टीलाई सपोर्ट गर्छु भनेकी छन् । 

नेपाली कांग्रेसका नेता सुनिल शर्माले चुनावको मिति तय भएपछि फागुनमा कुनै हालतमा चुनाव नहुने ठोकुवा गरेका थिए । शर्माले ठोकुवा मात्रै गरेनन् , समयमा चुनाव भए राजनीतिबाट संन्यास लिन्छु सम्म भने । तर समयमै सानदार र सुरक्षित रुपमा चुनाव सम्पन्न भयो । 

मोरङ –३ बाट चुनाव जित्दै आएका उनी यसपटक रास्वपाका गणेश कार्कीसँग करिब १२ हजार मतान्तरले चुनाव हारे । उक्त क्षेत्र सुनिलको लागि ‘सेफ जोन’ मानिन्थ्यो स्वास्थ्य क्षेत्रमा लगानी गरेका उनले आफ्नो अस्पतालमा एक लाख ४० हजारको निःशुल्क उपचार गरेको बताए पनि जम्मा २४ हजार मत प्राप्त गरेका थिए । उनको अस्पतालमा निःशुल्क उपचार गरेकाहरुलेसमेत सुनिललाई  भोट हालेनन् । 

संसद्मा लुगा फुकालेर विरोध गर्नेदेखि अनेकन फन्डा गरेर चर्चामा रहेका पात्र हुन्–अमरेशकुमार सिंह । सर्लाही–४ मा नेपाली कांग्रेस सभापति गगनकुमार थापासँग चुनाव लडेका उनले गगनले चुनाव जिते आफूले आत्मदाह गर्ने अभिव्यक्ति दिए । उनले मेनस्ट्रिम मिडियाबाटै आत्मदाहको घोषणा गरे । 

सञ्जालमा धेरैले अमरेशले आत्मदाह गर्न तयारी अवस्थामा रहन आग्रह गरेका भिडियो आउन थाल्यो । त्यस्ता भिडियोले उनी कमजोर हुँदै गएको देखिन्थ्यो । उनी र श्रीमती चुनावी सभामा आत्मदाह गर्ने स्थिति नआउन दिन भन्दै जनतासँग रुदै भोट मागेको देख्न पाइयो । तर यपसटक रास्वपाको समय बलियो थियो । अमरेशले १२ हजार ८ सय मतान्तरले गगनलाई हराए । 

अमरेशको संसदीय यात्रा यो पाँचौपटक हो । ०६४ देखि कांग्रेस सभापति गगनको निरन्तर संसदीय यात्रालाई ब्रेक लगाएका अमरेशले प्रत्यक्षबाटै चार निर्वाचन जिते । ०७० देखि ०८२ सम्मका चार निर्वाचनमा जित हासिल गरेका छन् भने ०६४ को निर्वाचन मात्रै उनी पराजित भएका छन् । त्यसअघि अन्तरिम संसद्मा पनि कांग्रेसबाट मनोनीत सांसद थिए । 

२०७९ को निर्वाचनमा तत्कालीन सभापति शेरबहादुर देउवाले टिकट नदिएपछि अमरेश विद्रोह गरेर स्वतन्त्र उठेका थिए । त्यसपछि उनी कांग्रेस पसेनन् । त्यतिबेला उनीसँग कुनै पार्टी थिएन । कार्यकर्ता थिएनन् । स्वतन्त्र उठेर पनि उनले १७ सय ६४ को मतान्तरमा कांग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए ।

त्यसैगरी एमालेका नेता सूर्य थापाले प्राइम टेलिभिजनमा ‘कस्ता कस्ता कहाँ गए, मुसाको छोरा आए’ भनेर बालेनलाई कटाक्ष गरेका छन् । ओलीलाई हराउन क–कसले के के गरे अब बालेन शाह भनेर हल्का टिप्पणी गरेका छन् । अर्को एक जना रेणु दाहालले चुनाव हारे यो देशमा अर्को युद्ध हुन्छ भनेका छन् । २०–२५ हजार मतान्तरले केपीले जितेनन् भने मलाई कहाँ झुण्ड्याउने हो झुण्याउनुस् भनेका छन् । 

एक ज्योतिषले फागुन २१ मा चुनाव हुँदैन भनेर दाबी गरेको भिडियो यतिबेला भाइरल छ । उनले तय गरेको मितमा चुनाव भए आफ्नो घाँटी काट्ने अभिव्यक्ति दिएका छन् । उक्त्त ज्योतिषले घाँटी काट्नुपर्ने भन्दै यतिबेला सञ्जाल तातेको छ । कसैले बालेनले चुनाव जिते खसी काटेर भोज खुवाउँछु जस्ता अभिव्यक्ति आए । कसैले आफ्नो उम्मेदवारले चुनाव हारेमा इलाम जिल्ला छाड्छु भने । 

फेसबुक र टिकटकभरि त्यस्तो अभिव्यक्ति दिनेहरुका फोटो र भिडियो भाइरल बनाइएको छ । महिला, पुरुष, किशोरकिशोरी, ज्येष्ठ नागरिक सबैलाई मान्छेको ज्यान चाहिएको छ । माथिका यी प्रतिनिधि घटनाले हाम्रो समाजको यथार्थ चित्रित गरेको छ । आर्थिक, राजनीतिक, सामाजिक चेत र प्रविधिको पहुँचको हिसाबले पहिलो विश्व, दोस्रो विश्व र तेस्रो विश्वको अवधारणा बनेको देखिन्छ । 

त्यसमा हाम्रो नेपाल तेस्रो विश्वभन्दा पनि पछाडिको र्याङमा पर्दछ । किनभने हाम्रो सञ्जालमा यस्तै सस्ता विषय चर्चामा रहन्छन् । हामीमध्ये धेरैले जीवनमा वाचा गरेका कुरा पुरा गर्न सकिरहेका हुँदैनौ । गल्तीहरू त पाइलैपिच्छे गरिरहेका हुन्छौ । तर अर्को व्यक्तिको गल्तीलाई प्रश्न गर्न छोड्दैनौँ । 

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १ : ४९ बजे

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, आरोपित चार जना पक्राउ

काठमाडौं– सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको

पर्साबाट दुई सय तेह्र किलो गाँजा बरामद

काठमाडौँ- प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब

मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौँ- हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु

तेल सङ्कटले एसियामा खैलाबैला

काठमाडौं- मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं- जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को