गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो « Khabarhub

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार थापालाई जिम्मेवारी पूरा गर्न सुझाव दिएका छन् । फागुन २१ गतेको चुनावमा कांग्रेसका सबै पदाधिकारी पराजित भएपछि राजीनामा दिने मनस्थितिमा सभापति थापा पुगेको भन्दै उनले यस्तो सुझाव दिएका हुन् ।

‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो’, सामाजिक सञ्जाल फेसबुकमा नेता भण्डारीले लखेको छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो।’

उनले अहिले कांग्रेस बचाउनु एक नैतिक दायित्व भएको भन्दै यो समयमा पार्टीलाई औषधी खुवाउनुपर्नेमा जोड दिँदै छोडेर हिँड्नु नहुने बताए ।

‘अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैंमा एक नैतिक दायित्व हो । आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो । यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन’, नेता भण्डारीले भनेका छन्, ‘नैतिकता त नेपाली राजनीतिमा प्रायः मरीसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ। समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो।’

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ८ : ५६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली