अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’ « Khabarhub

अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’ अगुवा मिराज ढुङ्गानाले विगतमा मधेसी नेताहरूले अपमान खेपिरहँदा नेपाली कांग्रेसले नै उनलाई सम्मानजनक व्यवहार गरेको स्मरण गराएका छन् । “इतिहासले देखाएको छ-जब सबैले मधेसी नेतालाई अपमान गर्थे, भारतीय दलाल र एजेन्ट भन्दा तपाईँलाई सम्मानले नेपाली नागरिक जस्तो व्यवहार गरेको पार्टी नेपाली कांग्रेस नै हो,” मिराजले भनेका छन् ।

डा. सिंहले स्वतन्त्र हुँदा सदनबाट काठमाडौँ महानगरका मेयर बालेन शाहलाई चुनौती दिएको र अहिले रास्वपा प्रवेश गरेपछि कांग्रेस सभापति गगन थापालाई सुझाव दिएको प्रसङ्गलाई पनि उनले जोडेका छन् ।

मिराजले डा. सिंहको पछिल्लो राजनीतिक निर्णयप्रति कटाक्ष गर्दै लेखेका छन्, “काँग्रेस छोड्नुको कारण समाजले बुझ्नेछ, नयाँ दलमा पस्नुको कारण सबैलाई स्पष्ट छ ।” उनले हिजो कांग्रेस, त्यसपछि स्वतन्त्र र आज रास्वपा हुँदै डा. सिंहको ‘चोला फेरिएको’ टिप्पणी गरे पनि सर्लाही क्षेत्र नं. ४ मा उनले गरेको विकासको चर्चा भने अन्तर्राष्ट्रिय स्तरकै रहने उल्लेख गरेका छन् ।

सन्देशमा मिराजले डा. सिंहको कठिन समयको स्मरण गर्दै उनलाई आत्महत्या जस्तो अप्रिय निर्णयबाट जोगाउन सबै लागेको र उनको दीर्घायुको कामना गरेका छन् । “यो निर्वाचनले तपाईँको जीवन र राजनीतिक भविष्य दुवै रक्षा गरेको छ,” उनले भनेका छन्, “तपाईँको दीर्घायु र समाजलाई योगदान दिन सक्ने क्षमताको कामना गर्दछौँ ।”

अमरेशको नयाँ राजनीतिक यात्राका लागि बधाई दिँदै उनले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ९ : ०८ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो