चितवन– ३ मा कांग्रेस र एमालेका उम्मेदवारले गुमाए जमानत « Khabarhub

चितवन– ३ मा कांग्रेस र एमालेका उम्मेदवारले गुमाए जमानत


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेका नेतासहित ५७ जनाको जमानत जफत भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो । कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो ।

उनका अनुसार क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ र ३ मा २३–२३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्र नम्बर १ मा रास्वपा, नेपाली कांग्रेस र एमालेका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको छ । सो क्षेत्रमा ९६ हजार १५४ मत खसेको थियो । ९१ हजार ८९९ मत सदर भएको थियो ।

चितवन– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको उनले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा ८७ हजार २२१ मत खसेको थियो । यसमा ८४ हजार २३२ मत सदर भएको थियो ।

यस्तै, क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीबाहेक अन्य दल र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा एक लाख ५३ मत खसेको थियो । समग्र जिल्लामा दुई लाख ८३ हजार ४२८ मत खसेको उनले जानकारी दिए ।

जिल्लामा समानुपातिकतर्फको मतगणनासमेत अन्तिम चरणमा पुगेको छ । चितवन २ र ३ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ भने क्षेत्र नम्बर १ को अन्तिम अवस्थामा पुगेको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १० : ३३ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना