समानुपातिकमा रास्वपाले ५० लाख मत कटायोः कुन दलको कति ? « Khabarhub

समानुपातिकमा रास्वपाले ५० लाख मत कटायोः कुन दलको कति ?


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड चार लाख २४ हजार हजार ५२७ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख मत कटाएको हो । सबैभन्दा बढी मत पाएको रास्वपाले ५० लाख तीन हजार १६८ मत पाएको छ ।

यस्तै, नेपाली कांग्रेसले १६ लाख ९३ हजार ९१, नेकपा (एमाले)ले १४ लाख ११ हजार ८६३, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६७ हजार ६२१, श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ३१७, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २४ हजार ९०९ मत प्राप्त गरेको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ७१ हजार ६९७, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६६ हजार ४४७ र जनमत पार्टीले ७६ हजार ५४२ मत प्राप्त गरेका छन्।

समानुपातिकतर्फ मतगणना जारी छ ।

प्रत्यक्षतर्फको मतगणना भइसक्दा रास्वपाले १२५ सिट जितेको छ । नेपाली कांग्रेसले १८, एमाले ९, नेपाली कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति तीन, राप्रपा र स्वतन्त्र एक गरेर १६४ क्षेत्रको परिणाम आइसकेको छ । धनुषा –१ को परिणाम भने विवादका कारण सार्वजनिक हुन सकेको छैन ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १० : ५८ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड