चुनावी परिणामपछि खड्काको टिप्पणी: ‘हामीलाई मतदाताले गम्भीर सन्देश दिएका छन्’ « Khabarhub

चुनावी परिणामपछि खड्काको टिप्पणी: ‘हामीलाई मतदाताले गम्भीर सन्देश दिएका छन्’

‘विगतको निर्मम समीक्षा गरौँ’


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्त्वाकाङ्क्षा, आवेग र आग्रहबाट मुक्त भएर बृहत् एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर सन्देश दिएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।

चुनावी परिणामपछि सामाजिक सञ्जालमा लेख्दै नेता खड्काले भनेका छन्, “प्रतिनिधिसभाको निर्वाचन परिणामले विभिन्न तह र जिम्मेवारीमा क्रियाशील हामी कांग्रेसीलाई गम्भीर सन्देश दिएको छ । हाम्रा मतदाताको निर्णयबाट यो पाठ प्राप्त भएको हो ।”

विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो, जसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । उक्त निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र नेता खड्का सर्वोच्च अदालत गएका थिए । सोही आन्तरिक विवादबीच प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको हो ।

खड्काले अब आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर अत्यन्त संयम र जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । “हामी सबैले ‘म म’ भन्दै विगतको निर्मम समीक्षा गरौँ,” उनले लेखेका छन्, “अस्वाभाविक महत्त्वाकाङ्क्षा र आग्रहबाट मुक्त भई पार्टीको बृहत् एकताका लागि निष्ठाका साथ अगाडि बढ्नु हाम्रो नैतिक कर्तव्य हो । हाम्रा अगाडि खडा भएको हिमालयतुल्य चुनौती सामना गर्ने उपयुक्त बाटो यही नै हो ।”

यसैबीच, सभापति थापाले चुनावी पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले यसबारे उपसभापति विश्वप्रकाश शर्मासँग परामर्श गरे पनि शर्माले भने तत्काल राजीनामा नदिन सुझाव दिएका छन् ।

विशेष महाधिवेशन भएको ५० दिनमा भएको निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्र जितेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ११ : ३६ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना