काठमाडौंमा प्रदूषण अझै केही दिन कायम रहने « Khabarhub

काठमाडौंमा प्रदूषण अझै केही दिन कायम रहने


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा प्रदूषणको अवस्था अझै केही दिन कायमै रहने सम्भावना रहेको छ । 

तत्काल उपत्यकामा ठूलो बर्षा हुने अवस्था नरहेकाले वायुमण्डलमा रहेको प्रदूषणको अवस्था अझै केही दिन कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले आगामी तीन दिनसम्म अहिलेकै अवस्था रहने देखिएको र त्यसपछि क्रमशः मौसममा सुधार हुने जानकारी दिइन् । 

उनले आगामी दिन देशभर मौसम बदली हुने देखिएको उल्लेख गरिन् । कोशी, बागमती, मधेश, र लुम्बिनी प्रदेशमा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना विभागले जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका केही शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य मन्त्रालयले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल समेत गरिसकेको छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १२ : १६ बजे

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता, एक घाइते

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण