आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई « Khabarhub

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ ।

यहाँस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका हुन् । 

पाकिस्तानले नेपालसँगको भ्रातृपूर्ण सम्बन्धलाई अत्यन्त महत्व दिने उल्लेख गर्दै उनले दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।  

पाकिस्तानका उपप्रधानमन्त्रीले आफ्ना समकक्षी तथा नेपालमा बन्ने नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्रहरू विस्तार गर्ने तथा क्षेत्रीय शान्ति र समृद्धि प्रवर्द्धनका लागि मिलेर काम गर्ने सन्देशमा उल्लेख गरेका छन् । 

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १ : १३ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना