इरानको बालिका स्कुलमा नरसंहार, ट्रम्प भन्छन्- आक्रमणबारे धेरै जानकारी छैन « Khabarhub

इरानको बालिका स्कुलमा नरसंहार, ट्रम्प भन्छन्- आक्रमणबारे धेरै जानकारी छैन


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको एक विद्यालयमाथि टमाहक क्रुज मिसाइल प्रयोग गरेर भएको भनिएको आक्रमणबारे आफूलाई धेरै जानकारी नभएको बताएका छन्।

उनले यस विषयमा अनुसन्धान भइरहेको बताए। यो घटना फेब्रुअरी २८ मा इरानको दक्षिणी सहर मिनाबमा रहेको एक गर्ल्स स्कुलनजिक भएको विस्फोटसँग सम्बन्धित छ।

त्यस दिन विद्यालय नजिक शक्तिशाली विस्फोट भएको थियो। इरानी अधिकारीहरूका अनुसार उक्त घटनामा १५० भन्दा बढी मानिसको मृत्यु भएको छ।

जसमा धेरै बालबालिका पनि रहेका छन्। इरानले यसको जिम्मेवार अमेरिका र इजरायललाई ठहर गरेको छ। तर अमेरिकाले यी आरोप अस्वीकार गर्दै घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

ट्रम्पले टमाहक मिसाइल अत्यन्त शक्तिशाली हतियार भएको र यसलाई अमेरिका मात्र होइन, अन्य केही देशहरूले पनि प्रयोग गर्ने बताए। उनले इरानसँग पनि यस्ता मिसाइल हुन सक्ने सम्भावना रहेको भन्दै अहिले नै निश्चित रूपमा केही भन्न नसकिने बताए।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ४ : ०० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली