दुई क्लबका खेलाडीबीच मैदानमै कुटाकुट, एकैसाथ २३ जना खेलाडीलाई रातो कार्ड « Khabarhub

दुई क्लबका खेलाडीबीच मैदानमै कुटाकुट, एकैसाथ २३ जना खेलाडीलाई रातो कार्ड


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्राजिलमा भएको मिनेइरो गेर्‍यास च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा मैदानमै खेलाडीबीच कुटाकुट भएको छ ।

मैदानमै खेलाडीहरू ग्याङ फाइटमा उत्रिएपछि दुवै टोलीका २३ खेलाडीलाई रातो कार्ड देखाइएको छ। उक्त फाइनल खेल अन्तिम क्षणमा पुगेका बेला ग्याङ फाइटमा परिणत भएपछि रेफ्रीले एकैपटक २३ वटा रेड कार्ड देखाएका छन्।

फाइनल खेलमा क्र्युजेरियो र र एट्लेटिको मिनेरियोबीच प्रतिस्पर्धा भइरहेको थियो।

खेलको अन्तिम सेकेन्डतिर दुवै टोलीका खेलाडीबीच झडप सुरु भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। मैदानमै ठूलो कुटाकुट भएपछि रेफ्रीले लगातार २३ खेलाडीलाई रेड कार्ड देखाइदिए ।

खेलाडी, प्राविधिक टोली र दुवै पक्षका सदस्यहरूबीच धकेलाधकेल र झडप भएपछि मैदान केही समय तनावग्रस्त बनेको थियो।

स्थिति नियन्त्रणमा आएपछि खेल औपचारिक रूपमा समाप्त गरियो। त्यसपछि क्युजेरियोलाई विजेता घोषणा गर्दै उपाधि प्रदान गरियो।

फाइनल खेलमा भएको यो घटनाले ब्राजिलियन फुटबलमा ठूलो चर्चा र विवाद पैदा गरेको छ। खेलको भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ५ : ०७ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले