दुई क्लबका खेलाडीबीच मैदानमै कुटाकुट, एकैसाथ २३ जना खेलाडीलाई रातो कार्ड « Khabarhub

दुई क्लबका खेलाडीबीच मैदानमै कुटाकुट, एकैसाथ २३ जना खेलाडीलाई रातो कार्ड


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्राजिलमा भएको मिनेइरो गेर्‍यास च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा मैदानमै खेलाडीबीच कुटाकुट भएको छ ।

मैदानमै खेलाडीहरू ग्याङ फाइटमा उत्रिएपछि दुवै टोलीका २३ खेलाडीलाई रातो कार्ड देखाइएको छ। उक्त फाइनल खेल अन्तिम क्षणमा पुगेका बेला ग्याङ फाइटमा परिणत भएपछि रेफ्रीले एकैपटक २३ वटा रेड कार्ड देखाएका छन्।

फाइनल खेलमा क्र्युजेरियो र र एट्लेटिको मिनेरियोबीच प्रतिस्पर्धा भइरहेको थियो।

खेलको अन्तिम सेकेन्डतिर दुवै टोलीका खेलाडीबीच झडप सुरु भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। मैदानमै ठूलो कुटाकुट भएपछि रेफ्रीले लगातार २३ खेलाडीलाई रेड कार्ड देखाइदिए ।

खेलाडी, प्राविधिक टोली र दुवै पक्षका सदस्यहरूबीच धकेलाधकेल र झडप भएपछि मैदान केही समय तनावग्रस्त बनेको थियो।

स्थिति नियन्त्रणमा आएपछि खेल औपचारिक रूपमा समाप्त गरियो। त्यसपछि क्युजेरियोलाई विजेता घोषणा गर्दै उपाधि प्रदान गरियो।

फाइनल खेलमा भएको यो घटनाले ब्राजिलियन फुटबलमा ठूलो चर्चा र विवाद पैदा गरेको छ। खेलको भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ५ : ०७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका