छोराले एमालेबाट चुनाव जितेपछि बुवालाई कांग्रेसले पार्टीबाट निकाल्यो « Khabarhub

छोराले एमालेबाट चुनाव जितेपछि बुवालाई कांग्रेसले पार्टीबाट निकाल्यो


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमितिले एकजना कार्यकर्ता रामबहादुर महरलाई पार्टीबाट निष्कासन गरेको छ।

बझाङबाट प्रतिनिधिसभामा विजयी नेकपा एमालेका सांसद ऐन महरका बुवा रामबहादुरलाई कांग्रेसले पार्टीको साधारण सदस्यबाटै निकालिदिएको हो ।

कांग्रेसले फागुन २१ गतेको चुनावका क्रममा पार्टी अनुशासन उल्लंघन गरेको र आफ्नै उम्मेदवारलाई अन्तर्घात गरेको भेटिएपछि कारवाहीस्वरूप महरलाई निष्कासन गरेको हो ।

छोरा ऐन एमाले केन्द्रीय सदस्यसमेत छन् । उनी अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदै २०७९ मा पनि त्यहीँबाट चुनाव लडेका थिए । तर २०७९ मा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित उनलले यस पटक जित निकालेका छन् । छोरा एमालेको केन्द्रीय नेता भए पनि बुवा रामबहादुर भने कांग्रेसकै राजनीतिमा थिए ।

लामो समयदेखि कांग्रेसमा आबद्ध रामबहादुर नेपाल किसान संघ बझाङ जिल्ला कार्यसमितिका पूर्वसभापति समेत हुन् ।

तर उनले फागुन २१ को निर्वाचनमा एमालले उम्मेदवार छोरा ऐनलाई सघाएको आरोप लागेको छ । कांग्रेसका उम्मेदवार प्रकाश रसाइली ‘स्नेही’लाई हराउन भूमिका खेलेको प्रमाण भेटिएको भन्दै उनलाई कारबाहीस्वरुप निकालिएको हो ।

जिल्ला कार्यसमितिको अनुशासन समितिले पार्टीको विधान र आचरणविपरीत विपक्षी दलका उम्मेदवार ऐन महरको पक्षमा भोट मागेको ठहरसहित निष्कासनको निर्णय गरेको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ५ : ४० बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी