दोलखामा ७ हजार बढी मत बदर « Khabarhub

 दोलखामा ७ हजार बढी मत बदर


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा २०८२ मा प्रत्यक्ष सहभागी बनेर मतदान गरेका ८४ हजार ४ सय ४१ मत मतदाता मध्ये सात हजार बढी मत बदर (रद्द ) गरिएको छ ।

समानुपातिक तथा प्रत्यक्ष दुवै तर्फको ७ हजार ४ सय ४८ मत बदर भएको छ । जिल्लामा कुल मतदाता संख्या एक लाख ७० हजार ३२१ रहे पनि निर्वाचनमा ८४ हजार ४ सय ८१ जना मात्रले मत दान गरेकोमा प्रत्यक्ष तर्फ खसेको मतको ५दशमलव ३ र समानुपातिक प्रणालीको ३ दशमलव ५ प्रतिशत मत बदर भएको छ ।

प्रत्यक्षको चार हजार चारसय ६० र समानुपातिक तर्फको दुई हजार नौ सय ८८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले सार्वजनिक गरेको अन्तिम मत परिणाममा उल्लेख गरिएको छ ।

आयोगले प्रत्येक वडासम्म पुगेर मतदाता शिक्षा सञ्चालन गरेपनि ७ हजार बढीले अझै मत हाल्न नजानेको उक्त तथ्यांकले देखाएको छ । 

फागुन २१ को निर्वाचनलाई ३ फागुन देखि स्वयंसेवक खटाएर गाउँ-गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको आयोगले एउटै जिल्लाका ७ हजार बढी मतदाताको मत खेर गएको जनाएको छ । मतपत्रमा एकभन्दा बढी ठाउँमा छाप लगाउने, चिन्ह बाहिर छाप लाग्ने वा अन्य प्राविधिक त्रुटिका कारण मत बदर हुने गरेको छ ।

दोलखालाई साक्षर जिल्ला घोषणा गरिसकिएको भए पनि निर्वाचनमा उल्लेख्य मात्रामा मत बदर हुनु चिन्ताको विषय बनेको छ । दोलखालाई २०७० असार १० गते साक्षर जिल्ला घोषणा गरिएको थियो ।

साक्षरता अभियानअन्तर्गत जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिकले पढ्न–लेख्न सक्ने भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो ।

शिक्षा र साक्षरतामा सुधार हुँदै गए पनि मतपत्र प्रयोग गर्ने प्रक्रियामा अझै स्पष्ट बुझाइ अभाव हुँदा मत बदर हुने समस्या देखिएको विश्लेषण गरिएको छ । मतदाता शिक्षाको कमीका कारण मत बदर धेरै देखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।

निर्वाचनमा गलत ठाउँमा छाप लगाउनु, दुई वटा चिन्हमा छाप लगाउनु, वा तोकिएको मतपत्र प्रयोग नगर्नु जस्ता कारणले मतपत्र बदर हुन्छन् । कानुनी सन्दर्भमा, दर्ता वा निर्णयहरू कानुन विपरीत भएमा तिनलाई बदर (रद्द) गर्न सकिन्छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ६ : २७ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना