उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्नेछौँ : अध्यक्ष घिसिङ « Khabarhub

उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्नेछौँ : अध्यक्ष घिसिङ


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने नयाँ सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । 

अध्यक्ष घिसिङले आज वक्तव्य जारी गर्दै निर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद दिँदै नयाँ सरकारबाट हुने राम्रा कामको समर्थन तथा गलत काम भएमा सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जाने बताए। 

उनले चुनावमा हार प्राविधिक विषय मात्र  भएको उल्लेख गर्दै चुनावको परिणामले निराश नभइ उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्तरूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

अध्यक्ष घिसिङले विषम परिस्थितिकाबीच पनि चुनाव सफलतापूर्वक सम्पन्न गराउन योगदान दिने प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति धन्यवाद व्यक्त गरे । 

उनले भने, ‘हामी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएका थियौँ । लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ, तर चुनावमा हार प्राविधिक विषय मात्र हो, छोटो समयमै तपाईंहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रो लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको छ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ६ : ४० बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना