वरिष्ठ पत्रकार तथा कवि सुरेश किरणको निधन « Khabarhub

वरिष्ठ पत्रकार तथा कवि सुरेश किरणको निधन


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भाषा आयोगका सदस्य एवम् वरिष्ठ पत्रकार तथा कवि सुरेश किरण मानन्धरको निधन भएको छ। नेपाल भाषा आन्दोलनका एक अभियन्ता उनको सोमबार काठमाडौंमा निधन भएको हो ।

वि.सं. २०२३ सालमा जन्मिएका नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ पत्रकार मानन्धरको ५९ वर्षको उमेरमा निधन भएको हो।

उनी चर्चित पत्रिका जनआस्थामा व्यंग्य पनि लेख्थे । कलाकार मनोज गजुरेलले सुरेश किरणलाई सम्झिँदै आफूले सिकेको कुराको गुण तिर्न नपाएको बताएका छ्न्।

‘कस्तो झुक्याउनु भयो, प्रिय सुरेश किरण दाइ । अर्को कार्यक्रम गर्ने सल्लाह ‘सल्लाह’मै सीमित भयो । ‘जनआस्था’मा तपाईंले लेख्ने ब्यङ्ग्यबाट कन्टेन्ट ‘चोरेर’ कमेडी बनाएको ऋण मैले तिर्नै सकिनँ’, उनले भनेका छन्, ‘तपाईंबाट सिकेको नेपालभाषा (नेवारी)को ‘गुरुभेटी’ चढाउनै पाइनँ । तपाईंको सरलता र भद्रताको ‘क्यारिकेचर’ गरौँला भन्ने ‘वचन’ देखाउनै पाइनँ ।’

उनको निधनले पत्रकारिता, साहित्य तथा बौद्धिक क्षेत्रमा अपूरणीय क्षति भएको छ । उनको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि नेपालभाषा मंका खलः प्राङ्गणमा राखिने भएको छ। उनको अन्त्येष्टि लुँतिघाट (खुसिबुँ)मा हुने भएको छ ।

उनले नेपालभाषा र नेवाः सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि पुर्‍याएको योगदान सदैव सम्मानका साथ स्मरण गरिने श्रीकृष्ण महर्जनले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ७ : ३५ बजे

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा