यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू « Khabarhub

यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्न आग्रह गरेको छ ।

अबुधाबीस्थित नेपाली दूतावासले मंगलबार सूचना जारी गर्दै त्यहाँ रहेका करिब सात लाख नेपालीलाई आफ्ना कागजात सुरक्षित राख्न भनेको हो ।

‘यूएईमा बसोबास तथा कार्यरत सम्पूर्ण नेपालीहरूलाई समयमै आफ्नो राहदानीको बहाल अवधि चेक गर्नुहुन र आफ्ना महत्त्वपूर्ण कागजातहरू जस्तै आफ्नो राहदानी, नागरिकता तथा इमिरेट्स आईडीको डिजिटल कपी सुरक्षित राख्नुहुन अनुरोध छ,’ दूतावासले सूचनामा भनेको छ, ‘कुनै पनि सेवाको लागि दूतावास तथा कन्सुलेट कार्यालयहरू आउँदा आफ्नो र आफू बसेको ठाउँको सुरक्षा स्थिति मध्यनजर गरी, स्थानीय सूचना तथा सुरक्षा मापदण्डहरू पालना गरेर मात्र सोहीअनुसार, दूतावास तथा कन्सुलेट कार्यालय आउन अनुरोध छ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ८ : ३५ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक