काठमाडौं- शीर्ष डिभिजन मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबलाई २–० ले पराजित गरेको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा मनाङलाई जित दिलाउन शाईरब लो तामाङ र सुमित मल्लले समान एक गोल गरे । मनाङले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
खेलको ४९औँ मिनेटमा शाईरबले मनाङलाई अग्रता दिलाए । इन्जुरी समयमा सुमितले अग्रतालाई दोब्बर बनाउँदै टोलीको जित सुनिश्चित गरेका हुन् । जितसँगै मनाङले प्रतियोगितामा १२ अंक जोडेको छ । मनाङले १० खेल खेल्दा समान तीन जित र बराबरी र चार हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित चित्लाङ भने नौ खेल खेलिसक्दा पनि अंकविहीन छ ।













प्रतिक्रिया