वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर « Khabarhub

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एक जनालाई अदालतमा मुद्दा दायर गरेको छ ।
 
राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४ अर्चलेका नारायण तामाङलाई मुद्दा दायर गरिएको डिभिजन वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिए।

उनका अनुसार सोही स्थानको चण्डेश्वरी सामुदायिक वनमा तामाङले आगो लगाइरहेको भिडियोसहित प्राप्त प्रमाणका आधारमा पक्राउपश्चात् गरिएको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो ।

तामाङलाई वन ऐन, २०७६ को दफा ४९ (घ)अनुसारको कसुर गरेको दाबी गर्दै सोही ऐनको दफा ५० को उपदफा (४)बमोजिम तीन वर्षसम्म कैद र ६० हजार जरिवाना हुनुपर्ने नुवाकोट जिल्ला अदालतमा दायर गरेको मुद्दामा मागदाबी गरिएको छ ।

अहिलेको सुक्खायामको समयमा वन क्षेत्रमा डढेलोको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन अपिल गर्दै कोही कसैले पनि वन क्षेत्रमा आगो लगाउने कार्य नगर्न तथा नगराउन वन कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ३४ बजे

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय