कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान « Khabarhub

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनका लागि पेसाकर्मीसँग सुझाव संकलन गर्ने भएको छ । कांग्रेसद्वारा गठित अध्ययन समितिले शुक्रबार विभिन्न क्षेत्रका विज्ञ तथा पेसाकर्मीहरूसँग छलफल कार्यक्रम तय गरेको हो ।

२०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न सरकारले पूर्वप्रशासक गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । सोही आयोगले सरकारसमक्ष पेस गरेको प्रतिवेदन अध्ययन गरी सुझाव तयार पार्न कांग्रेसले आफ्नै समिति बनाएको हो ।

समितिले कानुन व्यवसायी, चिकित्सक, इन्जिनियर र पत्रकारहरूसँग प्रतिवेदनका विभिन्न पक्षबारे छलफल गरी सुझाव लिने जनाएको छ । छलफल कार्यक्रम अनामनगरस्थित पूर्वी गेट नजिकै रहेको नबिल बैंकको भवन (आठौँ तल्ला) मा दिउँसो ३:३० बजे आयोजना गरिएको छ ।

सम्बन्धित पेसाकर्मीलाई कार्यक्रममा उपस्थित भई आफ्ना तार्किक र व्यावहारिक सुझाव राख्न समितिले हार्दिक अनुरोधसमेत गरेको छ । आन्दोलनका घटना र त्यसपछि तयार पारिएको प्रतिवेदनलाई राजनीतिक र कानुनी रूपमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा यो छलफल केन्द्रित रहने बुझिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ८ : ०४ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल