कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान « Khabarhub

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनका लागि पेसाकर्मीसँग सुझाव संकलन गर्ने भएको छ । कांग्रेसद्वारा गठित अध्ययन समितिले शुक्रबार विभिन्न क्षेत्रका विज्ञ तथा पेसाकर्मीहरूसँग छलफल कार्यक्रम तय गरेको हो ।

२०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न सरकारले पूर्वप्रशासक गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । सोही आयोगले सरकारसमक्ष पेस गरेको प्रतिवेदन अध्ययन गरी सुझाव तयार पार्न कांग्रेसले आफ्नै समिति बनाएको हो ।

समितिले कानुन व्यवसायी, चिकित्सक, इन्जिनियर र पत्रकारहरूसँग प्रतिवेदनका विभिन्न पक्षबारे छलफल गरी सुझाव लिने जनाएको छ । छलफल कार्यक्रम अनामनगरस्थित पूर्वी गेट नजिकै रहेको नबिल बैंकको भवन (आठौँ तल्ला) मा दिउँसो ३:३० बजे आयोजना गरिएको छ ।

सम्बन्धित पेसाकर्मीलाई कार्यक्रममा उपस्थित भई आफ्ना तार्किक र व्यावहारिक सुझाव राख्न समितिले हार्दिक अनुरोधसमेत गरेको छ । आन्दोलनका घटना र त्यसपछि तयार पारिएको प्रतिवेदनलाई राजनीतिक र कानुनी रूपमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा यो छलफल केन्द्रित रहने बुझिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ८ : ०४ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु