इरानसँग वार्ताका लागि इस्लामाबाद पुग्दै अमेरिकी टोली, यस्ता छन् मुख्य ४ एजेन्डा « Khabarhub

इरानसँग वार्ताका लागि इस्लामाबाद पुग्दै अमेरिकी टोली, यस्ता छन् मुख्य ४ एजेन्डा


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- अमेरिका र इरानबीचको वार्ता शनिबार इस्लामाबादस्थित आलीशान होटल सेरेनामा हुने भएको छ।

यसका लागि अमेरिकी प्रतिनिधिमण्डल शुक्रबार इस्लामाबाद पुग्नेछ । इरानी प्रतिनिधिमण्डल भने यसअघि नै त्यहाँ पुगिसकेको छ।

यस बैठकमा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्सले टोलीको नेतृत्व गर्नेछन्। इरानी सञ्चारमाध्यमका अनुसार संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले आफ्नो देशको प्रतिनिधित्व गर्नेछन्।

यी विषयमा हुनेछ वार्ता

इरानको आणविक कार्यक्रम : अमेरिकाले इरानमा कुनै पनि युरेनियम सम्वर्द्धन नहोस् भन्ने चाहन्छ। इरानले उच्चस्तरको सम्वर्द्धित युरेनियम बाहिर पठाउनुपर्ने र आणविक संरचनाहरू बन्द वा सीमित गर्नुपर्ने अमेरिकी अडान छ।

स्ट्रेट अफ होर्मुज : विश्वको धेरै तेल र ग्यास यही मार्गबाट ओसारपसार हुन्छ। इरानले यसमा नियन्त्रण कायम राख्न र शुल्क (टोल) लिन चाहिरहेको छ । अमेरिका यो मार्ग बिनाअवरोध र बिनाशुल्क खुला तथा सुरक्षित रहनुपर्ने पक्षमा छ।

ब्यालिस्टिक मिसाइल कार्यक्रम : अमेरिकाले इरानका लामो दूरीका मिसाइलहरूमा रोक लगाउन चाहन्छ।

प्रतिबन्ध हटाउने : इरानले सबै अमेरिकी तथा अन्तर्राष्ट्रिय प्रतिबन्ध तुरुन्त हटाउन, रोक्का सम्पत्ति फिर्ता गर्न र क्षतिपूर्ति दिन माग गरिरहेको छ।

होर्मुजबारे ट्रम्पको आक्रोश

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आलोचना गर्दै होर्मुज जलडमरूमध्यबाट तेल पार गराउने विषयमा इरानले खराब काम गरिरहेको बताएका छन्। उनले केही मानिसहरूले यसलाई बेइमानीको रूपमा पनि लिन सक्ने बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेखेका छन्, ‘यो हाम्रोबीच भएको सम्झौता होइन।’

होर्मुजबाट इरानले आर्थिक फाइदा लिन सक्छ

मिडिल इस्ट इन्स्टिच्युटका वरिष्ठ विशेषज्ञ एलेक्स वातांका अनुसार, इरानले होर्मुजमा नियन्त्रण राखेर आर्थिक फाइदा लिन सक्ने भए पनि उसलाई अझ ठूलो लाभ भने अमेरिकी प्रतिबन्ध हटेपछि हुनेछ।

वातांकाले भने, ‘इरानको मुख्य चाहना फेरि विश्व अर्थतन्त्रमा पूर्ण रूपमा समावेश हुने हो। उनले इरानले आफ्नो प्रस्तावमा अमेरिकी प्राथमिक प्रतिबन्ध हटाउन माग गरेको छ ।’

यससँगै, इरानले ‘सेकेन्डरी स्याङ्क्सन’ हटाउन पनि आग्रह गरिरहेको छ, जसले अन्य देशहरूलाई इरानसँग खुला रूपमा व्यापार र लगानी गर्न सहज बनाउनेछ।

उनका अनुसार, यस्तो व्यवस्था भएमा इरानले वार्षिक करिब १०० अर्ब डलरसम्म आम्दानी गर्न सक्नेछ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १२ : २२ बजे

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको