स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने « Khabarhub

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । 

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२ औँ राष्ट्रिय सम्मेलनको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै उपराष्ट्रपति यादवले महामारी नियन्त्रण, रोग व्यवस्थापन र स्वास्थ्य प्रवर्द्धनमा रणनीतिक कदम चाल्दै स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

संवैधानिक व्यवस्थाले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माणको आधार बनाउनु पर्ने स्पष्ट मार्गदर्शन गरेको भन्दै उनले वैज्ञानिक अनुसन्धानबाट प्राप्त तथ्य तथ्यांकहरूलाई स्वास्थ्य नीति, कार्यक्रम र कार्यान्वयनमा रूपान्तरण गर्नु संविधानले निर्देश गरेको मूल मर्म भएको धारणा राखे ।

स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यास मात्र नभई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्ने उनको भनाइ छ ।  

उपराष्ट्रपति यादवले सम्मेलनमार्फत अनुसन्धानकर्तामा उत्साह र सहकार्यको वातावरण पनि निर्माण गर्दै नेपालको स्वास्थ्य क्षेत्रलाई अझ सुदृढ बनाउन अनुसन्धान आवश्यक योजना बनाउने विश्वास व्यक्त गरे  ।

सबैको सामूहिक प्रतिबद्धता र उत्तरदायित्वले मात्र नेपाललाई वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूलाई सामना गर्न सक्षम बनाउने उनको भनाइ छ । 

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  १२ : ५७ बजे

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा