रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै « Khabarhub

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको शुक्रबार बैठकले मधेश प्रदेशबाट निर्वाचित सांसदद्वय गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार सप्तरीका रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइनेछ । उता महोत्तरीकी गौरीकुमारी यादवलाई उद्योग मन्त्रीको जिम्मेवारी दिइनेछ।

सरकारमा रास्वपाको सहभागिता थप सशक्त बनाउने उद्देश्यसहित गरिएको यो निर्णयलाई पार्टीभित्र महत्वपूर्ण मानिएको छ।

यसअघि दीपक साह श्रीमतीलाई नियुक्ति दिलाएको विवादमा परेर बिहीबार बर्खास्तीमा परेका थिए । उनको स्थानमा अब सप्तरीका रामजी यादवले जिम्मेवारी पाएका छन् ।

उनीहरूले शुक्रबार नै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  २ : ०१ बजे

अंश विवादले पोखराकी सिर्जनाको हत्या, सौताका भाञ्जाले सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र