काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल « Khabarhub

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनप्रतिनिधि, प्राविधिक, सुरक्षा निकायका अधिकारी, नागरिक समाज तथा सञ्चारकर्मीको  सहभागितामा छलफल कार्यक्रम गरेको छ । 

प्रतिनिधिसभा सदस्य आशिष गजुरेलको प्रमुख आतिथ्यमा भएको छलफलमा ट्राफिक व्यवस्थापनका  चुनौतीबारे गहन छलफल भएको थियो । 

त्यस अवसरमा सांसद गजुरेलले सीमित स्रोतसाधनका बाबजुद ट्राफिक प्रहरीले ठूलो जिम्मेवारी बहन गरिरहेको उल्लेख गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग, पर्याप्त जनशक्ति र उपकरणको व्यवस्था हुनुपर्नेमा जोड दिए । 

अन्तरराष्ट्रिय विकासका जानकार तथा मेकानिकल इन्जिनियर रामचन्द्र थापाले सडक पूर्वाधारसँग सम्बन्धित प्राविधिक पक्षबारे जानकारी दिए । उनले पूर्वाधार सुधारको आवश्यकता औँल्याउँदै दीर्घकालीन योजनामा जोड दिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सडकमा परिचालित ट्राफिक प्रहरीले विभिन्न जोखिम मोलेर आफ्नो कर्तव्य निर्वाह गरिरहेका बताए ।
 

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  २ : ५३ बजे

सरकारले युवा स्वदेश राख्ने वातावरण बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक