परराष्ट्रले भन्यो : पश्चिम एसिया द्वन्द्वबाट हालसम्म कोही नेपाली अप्ठ्यारोमा छैनन् « Khabarhub

परराष्ट्रले भन्यो : पश्चिम एसिया द्वन्द्वबाट हालसम्म कोही नेपाली अप्ठ्यारोमा छैनन्


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको जनाएको छ । 

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रका प्रवक्ता लोकबहादुर क्षेत्रीले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियाली रहेको भन्दै नेपाली नागरिकको सुरक्षा र हितका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका हुन्  ।

उनले दुई हप्ताका लागि युद्धविरामको सम्झौतालाई नेपाल सरकारले स्वागत समेत गरिसकेको जानकारी दिए ।

साथै, विवादहरूको शान्तिपूर्ण समाधानका पक्षमा आफ्नो निरन्तर अडान नेपालले पुनः दोहोर्‍याएको उनको भनाइ छ । 

प्रवक्ता क्षेत्रीले गत दस दिनमा यूएईमा मिसाइलको भग्नावशेष लागेर थप आठ जना नेपालीहरू घाइते भएकोमा हाल एक जना बाहेक सबैजना सामान्य उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भइसकेको जानकारी दिए । 

यससँगै हालसम्म पश्चिम एसिया क्षेत्रमा घाइते हुने नेपालीको संख्या २८ पुगेकोमा २७ जना सामान्य उपचारपछि घर फर्किसकेको उनको भनाइ छ ।

मन्त्रालयमा स्थापना भएको कल सेन्टरमा उडानको अवस्था, फिर्तीको सम्भावना र श्रम स्वीकृतिसँग सम्बन्धित गुनासा मात्रै आउने गरेको प्रवक्ता क्षेत्रीले बताए । 

उनले अब उडान सुचारु हुन थालेकाले विभिन्न देशमा रहेका नेपालीका शवहरू नेपाल ल्याउने कार्य जारी रहेको जानकारी दिए । द्वन्द्व कारण हालसम्म कुनै पनि नेपाली अप्ठ्यारोमा नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ४ : ४८ बजे

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका

कुनै समय बालेनलाई भोट मागेका भिक्टर भन्छन्- ‘घण्टेहरू’ पनि ‘झोले’कै बाटोमा लागे

काठमाडौं- कुनै समय काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहका विश्वासपात्र