परराष्ट्रले भन्यो : पश्चिम एसिया द्वन्द्वबाट हालसम्म कोही नेपाली अप्ठ्यारोमा छैनन् « Khabarhub

परराष्ट्रले भन्यो : पश्चिम एसिया द्वन्द्वबाट हालसम्म कोही नेपाली अप्ठ्यारोमा छैनन्


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको जनाएको छ । 

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रका प्रवक्ता लोकबहादुर क्षेत्रीले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियाली रहेको भन्दै नेपाली नागरिकको सुरक्षा र हितका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका हुन्  ।

उनले दुई हप्ताका लागि युद्धविरामको सम्झौतालाई नेपाल सरकारले स्वागत समेत गरिसकेको जानकारी दिए ।

साथै, विवादहरूको शान्तिपूर्ण समाधानका पक्षमा आफ्नो निरन्तर अडान नेपालले पुनः दोहोर्‍याएको उनको भनाइ छ । 

प्रवक्ता क्षेत्रीले गत दस दिनमा यूएईमा मिसाइलको भग्नावशेष लागेर थप आठ जना नेपालीहरू घाइते भएकोमा हाल एक जना बाहेक सबैजना सामान्य उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भइसकेको जानकारी दिए । 

यससँगै हालसम्म पश्चिम एसिया क्षेत्रमा घाइते हुने नेपालीको संख्या २८ पुगेकोमा २७ जना सामान्य उपचारपछि घर फर्किसकेको उनको भनाइ छ ।

मन्त्रालयमा स्थापना भएको कल सेन्टरमा उडानको अवस्था, फिर्तीको सम्भावना र श्रम स्वीकृतिसँग सम्बन्धित गुनासा मात्रै आउने गरेको प्रवक्ता क्षेत्रीले बताए । 

उनले अब उडान सुचारु हुन थालेकाले विभिन्न देशमा रहेका नेपालीका शवहरू नेपाल ल्याउने कार्य जारी रहेको जानकारी दिए । द्वन्द्व कारण हालसम्म कुनै पनि नेपाली अप्ठ्यारोमा नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ४ : ४८ बजे

प्रधान सेनापति सिग्देलद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी