अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ « Khabarhub

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काबुल– गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको बाढीमा परी  दशौँ हजार प्रभावित भएको टोलो न्यूजले शुक्रबार संयुक्त राष्ट्र सङ्घलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

 राष्ट्रसङ्द्धको प्रतिवेदन अनुसार मार्च २६ देखि अप्रिल –६ सम्म देशमा परेको भारी वर्षा र बाढीका कारण विभिन्न प्रान्तकामा असर पर्नुका साथै सयौँ गाउँहरू जलमग्न भएका छन् । यस प्रकोपबाट ७३ हजार भन्दा बढी मानिस प्रभावित भएको जनाइएको छ ।

बाढीका कारण नौ हजार भन्दा बढी घरहरू क्षतिग्रस्त भएको जनाइएको छ भने कृषि बाली तथा जग्गासमेत नष्ट भएको जनाइएको छ । 

जसले प्रभावित क्षेत्रहरूमा खाद्य सुरक्षाको बारेमा गम्भीर चिन्ता बढाएको छ भने ५०० भन्दा बढी घर पालरवा जनावरको मृत्यु हुँदा खेती तथा पशुपालनमा निर्भर ग्रामीण परिवारहरूको सङ्कट अझै बढेको छ । रासस

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ४ : ५७ बजे

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९