हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ « Khabarhub

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज साम्पाङले अबदेखि प्रतिनिधि सभाको बैठकमा टेबल ठोक्ने परम्परा हटाएर ताली बजाउने नियम लागु गर्न प्रस्ताव गरेका छन् ।

शुक्रबार उपसभामुख पदको निर्वाचनका क्रममा आफ्नै दलकी रुबीकुमारी ठाकुरको पक्षमा समर्थन जनाउन ड्यासमा उक्लिएका उनले छोटो सम्बोधनका क्रममा यस्तो प्रस्ताव गरेका हुन्।

उनले आफ्नो सम्बोधनलाई समर्थन जनाउन पनि सांसदहरूलाई टेबल नठोकी ताली बजाउन अपील गरे।

साम्पाङले संसद्मा पक्ष-विपक्ष भनेर झगडा गर्नु उचित नहुने भन्दै गर्दा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले टेबल ठोकेर समर्थन गरेका थिए । त्यहीक्रममा उनले परम्परा फेर्ने गरी यो प्रस्ताव गरेका हुन्।


‘अलिक अनौठो बोल्ने गरेको छु । एक पटक के अनुरोध गर्न चाहन्छु भने आगामी दिनमा हामीले संसद्मा ताली बजाउँदा कस्तो हुन्छ होला ? हामीले टेबल-कुर्सी ठोकिरहेका छौँ। यो त्यति राम्रो भइरहेको छैन । त्यसो भएकाले हामीले मन लाग्दा दुई हातले ताली ठोक्दा कति राम्रो हुन्थ्यो होला !’

उनले उपसभामुखकी उम्मेदवार रुबीकुमारीलाई बहिनी भनेकोमा पनि आपत्ति जनाए । सांसद जस्तो व्यक्तिलाई बैठकमै सम्बोधनका क्रममा बहिनी र चेली भनिनु गलत भएको उनले बताए।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ५ : ५१ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र