काठमाडौं – कुन फिल्मलाई हिट मान्ने ? यसको स्पष्ट जवाफ कसैसँग छैन र हुँदैन पनि ।
१० करोड लगानी भएको फिल्मले १० करोड नै ग्रस कलेक्सन गरे हिट मान्ने कि नमान्ने ? लगानी नै सुरक्षित नगरेको फिल्मलाई कसरी हिट मान्नु ?
कुन फिल्म कतिमा बन्छ भन्ने निश्चित हुँदैन । सोही कारण हिटको मापन गर्न गाह्रै छ ।
तथापि, नेपालमा ७ करोडमाथि ग्रस कलेक्सन गर्नेलाई हिट मान्ने गरिन्छ । औषतमा नेपाली फिल्म २ करोड लगानीमा बन्छन् । सोहीकारण ७ करोड आँकडा पार गर्नेलाई हिट मानिएको हो ।
यसैलाई आधार मान्दा ०८२ सालमा ‘परान’, ‘आबाट आमा’, ‘जेरी अन टप’ र ‘ऊनको स्वीटर’ व्यापारिक रुपमा सफल ठहरिए ।
शीर्ष तीन हिट फिल्महरू चाहिँ ‘परान’, ‘आबाट आमा’ र ‘जेरी अनटप’ हुन् ।
चलचित्र विकास बोर्डका अनुसार ‘परान’को १७ करोड ७६ लाख, ‘आबाट आमा’को १३ करोड १३ लाख र ‘जेरी अन टप’को व्यापार १२ करोड २८ लाख छ ।
यी तीनको व्यापार जोड्दा ४३ करोड १७ लाख हुन्छ । यो रकम गत वर्ष प्रदर्शनमा आएको एक फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को व्यापारभन्दा कम हो ।
उक्त फिल्मले ४६ करोड ७३ लाख ग्रस कलेक्सन गरेको थियो । यो वर्षका शीर्ष तीन फिल्मको व्यापारभन्दा तीन करोड ५६ लाखले बढी ।













प्रतिक्रिया