काठमाडौं- प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उम्मेदवार सांसद सरस्वती तामाङलाई केबल ५ भोट मात्रै मिलेको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद तामाङलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको घोषणा गरे।
राप्रपा सांसद ज्ञानबहादुर शाहीले तामाङलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए।
उनको पक्षमा राप्रपाका सांसदले मात्रै मत दिँदा विपक्षमा २१५ मत परेको छ। उता मत दिन्न भन्ने पक्षमा ३७ मत परेको छ। जुन नेकपा एमालेसहितको मत हो ।
उता रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले विपक्षमा मतदान गरे । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा २५७ सांसद उपस्थित भए ।
अब श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान भइरहेको छ।













प्रतिक्रिया