हाजिर जमानीमा छुटे कलकार ‘बले’, प्रहरीले लगायो परिवारको जिम्मा « Khabarhub

हाजिर जमानीमा छुटे कलकार ‘बले’, प्रहरीले लगायो परिवारको जिम्मा


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार सागर लम्साल ‘बले’ शुक्रबार हाजिरी जमानीमा रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई शुक्रबार हाजिर जमानीमा रिहा गरिएको हो ।

बलेलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको उनले खबरहबलाई बताएका छन् ।

अमेरिकामा बस्ने एक युवतीले बलेलाई बलात्कारको आरोप लगाएकी छन । यही विषयको चर्चा सामाजिक सञ्जालमा भइरहेका बेला उनलाई प्रक्राउ गरिएको थियो । एक वर्षअघिको घटनामा कलाकारसमेत रहेकी ती युवतीले सार्वजनिक गरेकी थिइन् ।

प्रहरीले उनलाई चैत २१ गते अभद्र व्यवहारको कसुरमा समातेको थियो । अमेरिकामा रहेकी ती युवतीले उतै बलात्कारको उजुरी दिएको पीडित पक्षको पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ४६ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको