ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ « Khabarhub

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसीलाई आज पक्राउ गरेको छ । ब्यूरोको टोलीले उनलाई सामाखुसीबाट पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले २०८२ वैशाख २ गते उनीविरुद्ध रु २५ हजार जरिवाना र दुई वर्ष छ महिना कैद सजाय ठहर गरेको थियो । त्यसयता उनी फरार रहँदै आएका थिए ।

ब्यूरोले आजै राजस्व चुहावट मुद्दामा उच्च अदालत पाटनबाट रु चार करोड ४४ लाख ८७ हजार ९५७ जरिवाना र एक वर्ष कैद सजाय ठहर भई फरार अङ्कुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपाइटर ३१ वर्षीय प्रवीणकुमार महतोलाई कुलेश्वरबाट पक्राउ गरेको छ ।

निजहरूलाई फैसला कार्यान्वयनका जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ८ : १७ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय