आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै « Khabarhub

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच प्रतिस्पर्धा हुँदैछ।

बरसापारा क्रिकेट रंगशाला गुवाहाटीमा भइरहेको खेलमा राजस्थानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। वर्षा रोकिएको खेल केहीबेर अघि सुरु भएको छ ।

राजस्थानका कप्तान रियान परागले तुषार देशपाण्डेलाई आराम दिइएको र उनको स्थानमा बृजेशलाई मौका दिइएको जानकारी दिएका छन् । त्यस्तै बैंग्लोर टोलीमा जेकब डफीको स्थानमा जोश हेजलवुड पुनः टोलीमा फर्किएका छन्।

राजस्थानले सुरुआती तीनै खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । उसले चेन्नई, गुजरात र मुम्बईविरुद्ध जित हात पारेको थियो। यता बैंग्लोरले पनि हैदराबाद र चेन्नईविरुद्ध लगातार दुई जित निकाल्दै राम्रो लयमा देखिएको छ।

दुवै टोलीको प्लेइङ–११

राजस्थान रोयल्स:
यशस्वी जैसवाल, ध्रुव जुरेल , रियान पराग (कप्तान), शिमरोन हेटमायर, डोनोभन फरेरा, रविन्द्र जडेजा, जोफ्रा आर्चर, नान्द्रे बर्गर, बृजेश शर्मा, सन्दीप शर्मा, रवि बिश्नोई, इम्प्याक्ट खेलाडी : वैभव सूर्यवंशी

रोयल च्यालेन्जर्स बैंग्लोरस्
विराट कोहली, फिल सॉल्ट, देवदत्त पडिक्कल, रजत पाटीदार (कप्तान), जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, रोमारियो शेफर्ड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, जोश हेजलवुड, अभिनन्दन सिंह, इम्प्याक्ट खेलाडी: सुयश शर्मा

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ९ : ०५ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण