‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह « Khabarhub

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक रोजगारसँग सम्बन्धित समस्या अनलाइन पोर्टलमार्फत दर्ता गराउन आग्रह गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको खोजतलास, उद्धार, क्षतिपूर्ति निवेदन तथा विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउने प्रक्रियालगायतका समस्या समाधान गर्न कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरद्वारा केही समय अगाडि सञ्चालनमा ल्याइएको अनलाइन पोर्टलमार्फत दर्ता गराउनु अनुरोध गरेको हो ।

दूतावासले आज सूचना जारी गरेको थियो । सो सूचना अनुसार निवेदन दर्ता गर्नका लागि खोजतलास, उद्धारको हकमा खोजतलास गर्नुपर्ने व्यक्तिको राहदानी, इमिरेट्स कार्डको प्रतिलिपि, कार्यरत इमिरेट्स र कुन कम्पनीमा काम गर्ने हो सो कम्पनिको विवरण, निवेदन दिने व्यक्तिसँगको नाता र सम्पर्क नम्बर, क्षतिपूर्तिसँग सम्बन्धित निवेदन कानुनी हकवाला व्यक्तिले स्थानीय तह वा कन्सुलर विभागबाट मात्र दिन सक्ने व्यवस्था गरिएको दूवावासले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ९ : ५० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह