एक हजार रुख कटान गरिँदै « Khabarhub

एक हजार रुख कटान गरिँदै


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ ।

डिभिजन वन कार्यालय चितवनले २०८३ वैशाख २५ गतेदेखि लागू हुनेगरी प्रसारण लाइनको मार्गधिकारमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुखहरू कटान, मुछान र घाटगद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो ।

यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिका–१ स्थित सतनचुली संरक्षित वन र सतनचुली सामुदायिक वन तथा वडा नम्बर २९ अन्तर्गतका अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका विभिन्न प्रजातिका एक हजार २६३ रुख कटान गरिनेछ ।

काटिएका रुखलाई सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र सबडिभिजन वन कार्यालयले तोकेको सुरक्षित स्थानमा घाटगद्दी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार यो प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लाको कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँ रहेका नौ हजार १२७ रुख हटाउन स्वीकृति दिइएको थियो । जसमध्ये चितवनमा २५.२७ हेक्टर र तनहुँमा ६७.४६ हेक्टर वन क्षेत्र पर्दछ । सोही निर्णयका आधारमा २०८२ पुस ३० गते आयोजना र वन तथा भूसंरक्षण विभागबीच सम्झौता भएको थियो । उक्त सम्झौतापछि डिभिजन वन कार्यालय, आयोजना र सामुदायिक वन समूहहरूको समन्वयमा रुख छपान कार्य अघि बढाइएको हो ।

चितवन खण्डमा कटान सुरु हुँदा तनहुँ जिल्लाअन्तर्गत पर्ने रुखको छपान कार्य भने हाल जारी रहेको आयोजनाले जनाएको छ । कुल ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा एसियाली विकास बैंक (एडिबी), जाइका, युरोपियन लगानी बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ ।

आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत ५८ करोड ७७ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

उक्त आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको विकास प्रक्रियासमेत अघि बढाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ६ : ३५ बजे

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

बागलुङ– विकासका हिसाबले ओझेलमा परेको बागलुङकाे रामतोला गाउँ जोड्ने सडक