जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति « Khabarhub

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल प्रसूति गराइएको छ । अस्पतालले शुक्रबार २९ वर्षीय महिलाको शल्यक्रिया (सिजेरियम सेक्सन) द्वारा प्रसूति गराएको हो ।

पहिलोपटक गर्भवतीको गर्भावस्थाको ४२ हप्ता ६ दिन पुग्दासमेत प्रश्रव व्यथा सुरु नभएको, गर्भको शिशु कम चलेको र प्रसूति समस्या जटिल बन्दै गएको गुनासोसहित अस्पताल पुगेकी ती महिलाको शल्यक्रियाद्वारा प्रसूति गराइएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. समीक्षा कँडेलका अनुसार आमा र शिशुको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा पानीको मात्रा निकै कम भएको र शिशुको अवस्था जोखिमपूर्ण रहेको थियो ।

गर्भवतीको अवस्थाबारे आफन्तजनलाई उचित परामर्श दिएर आकस्मिक शल्यक्रिया (सिजेरियन सेक्सन) द्वारा सफल प्रसूति गरिएको डा. कँडेलको भनाइ छ । शल्यक्रियाद्वारा दुई किलो ५ सय ग्राम तौलको शिशु जन्मिएको हो ।

प्रदेश अस्पतालमा पछिल्लो चार आर्थिक वर्षमा सयभन्दा बढी महिलाले प्रसूति सेवा प्राप्त गरिसकेका छन् । सेवा लिन आएका मध्ये १६ गर्भवतीको शल्यक्रियाद्वारा सफल प्रसूति गराइसकिएको डा. कँडेलले बताइन् ।

पछिल्लो समय अस्पतालमा शल्यक्रिया प्रसूति सेवा भरपर्दो र विश्वसनीय बन्दै जाँदा यहाँका विपन्न र आर्थिक आयस्रोत कम भएका महिलालाई सहज भएको छ । यसअघि यहाँ शल्यक्रिया सेवा नहुँदा प्रसूति सेवा लिन धेरै पैसा खर्च गरी सुगमको अस्पतालमा धाउनुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ९ : ०४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल