इजरायली आक्रमणबाट लेबनानमा ३९ जनाको मृत्यु « Khabarhub

इजरायली आक्रमणबाट लेबनानमा ३९ जनाको मृत्यु


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलले लेबनानका विभिन्न ठाउँमा गरेको भीषण हवाई आक्रमणमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायलले गरेको भीषण हवाई आक्रमणमा परी ३९ जनाको मृत्यु हुनुका साथै धेरै मानिसहरू घाइते भएका छन् । यस्तै ठूलो मात्रामा भौतिक क्षति समेत भएको छ।

इजरायली सेनाले लेबनानका विभिन्न क्षेत्रहरू, विशेष गरी दक्षिणी भाग र बेरुतका आवासीय क्षेत्रहरूलाई लक्षित गरी आक्रमण तीव्र पारेको छ।

दक्षिण लेबनानको साक्साकिये सहरमा मात्रै इजरायली आक्रमणबाट एक बालिकासहित सात जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् ।

त्यस्तै, नबातिये क्षेत्रमा एक सिरियाली नागरिक र उनकी १२ वर्षीया छोरी सवार मोटरसाइकलमाथि इजरायली ड्रोनले तीन पटकसम्म आक्रमण गरेको समाचार सार्वजनिक भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्रहारबाट बचेर भाग्न खोज्दा दोस्रो प्रहारमा बुवाको मृत्यु भएको थियो भने तेस्रो प्रहार सिधै ती बालिकामाथि गरिएको थियो ।

इजरायली रक्षा बल (आईडीएफ) ले सो स्थानमा ‘हिजबुल्लाहका लडाकुहरू’लाई लक्षित गरिएको दाबी गरे पनि मारिनेमा सर्वसाधारण नागरिकहरू रहेका छन् ।

इजरायली सेनाले आफूहरूले हिजबुल्लाहको सैन्य संरचनालाई मात्र निशाना बनाएको र सर्वसाधारणको क्षति कम गर्न ‘प्रिसिजन’ हतियार प्रयोग गरेको दाबी गरेको छ। तर, अधिकारवादी संस्थाहरूले इजरायली सेनाले गाजाकै शैलीमा लेबनानी गाउँहरू पूर्ण रूपमा ध्वस्त पारेको भन्दै यस्ता कार्य ‘युद्ध अपराध’ हुन सक्ने बताएका छन्।

हिजबुल्लाहले पनि इजरायली आक्रमणको प्रतिवाद गर्दै उत्तरी इजरायलमा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणमा तीन इजरायली सैनिक घाइते छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक सातामा मात्र इजरायली आक्रमणबाट १२० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । फेब्रुअरी २८ मा इरानमाथि भएको आक्रमण र इरानी सर्वोच्च नेताको मृत्युपछि यो क्षेत्रमा तनाव थप उत्कर्षमा पुगेको हो ।

गत अप्रिल १६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रसरतामा भएको युद्धविराम सम्झौताका बाबजुद दुवै पक्षबीच निरन्तर गोलाबारी जारी रहँदा मानवीय क्षति चुलिँदै गएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ९ : ५२ बजे

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०