अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदै « Khabarhub

अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदै


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका विभिन्न देशमा आज जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदैछ ।

यो विशेष वनस्पति कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ । यही महत्वलाई ध्यानमा राख्दै विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायहरूले यस क्षेत्रलाई विशेष मान्यता तथा संरक्षण प्रदान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९८ मा आर्गान उत्पादन हुने स्थानीय क्षेत्रलाई ‘आर्गानेराइ बायोस्फियर रिजर्भ’का रूपमा घोषणा गरेको थियो । त्यसैगरी, आर्गान रूखसँग सम्बन्धित परम्परागत ज्ञान, सीप र संस्कृतिलाई सन् २०१४ मा युनेस्कोको मानवताको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको थियो ।

यसैबीच, राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सन् २०१८ डिसेम्बरमा मोरक्कोको ऐत सुआब–ऐत मनसुर क्षेत्रमा रहेको आर्गान–आधारित कृषि, वन तथा पशुपालन प्रणालीलाई विश्वका महत्वपूर्ण कृषि सम्पदा प्रणालीका रूपमा मान्यता दिएको थियो ।

त्यसपछि सन् २०२१ मा राष्ट्रसङ्घीय महासभाले मे १० लाई अन्तरराष्ट्रिय आर्गानिया दिवसका रूपमा घोषणा गरेको हो । मोरक्कोद्वारा प्रस्तुत उक्त प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घका ११३ सदस्य राष्ट्रले स्वीकार गरेका थिए । यो स्वीकृतिसँगै मोरक्कोको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।

आर्गान मुख्यतः मोरक्कोमा पाइन्छन् । यसबाट उत्पादन हुने आर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । साथै, आर्गान वनले स्थानीय समुदायको जीविकोपार्जन, वातावरण संरक्षण तथा महिला सशक्तीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

तस्विरः संयुक्त राष्ट्रसङ्घ

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ११ : ५९ बजे

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी

६ जना फरार प्रतिवादी पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका ६ जना फरार