चितवनमा कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियान « Khabarhub

चितवनमा कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियान


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन- डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको छ । लामो समयदेखि नवीकरण नभएका कबुलियती वनको हकमा दाता जुटाएर नवीकरण गर्दै संरक्षण र प्रवर्द्धन सुरु गरिएको हो । डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार डिभिजनमा ४३३ कबुलियती वन छन् ।

यस वर्ष दुई वटा थपिएका छन् भने तीन वटा थपिने क्रममा छन् । तीमध्ये १८ वटाले मात्रै नवीकरण गरेका छन् । नवीकरण गर्न नआएका वनको हकमा अभियान सञ्चालन गरिएको हो । कार्यालय स्वयंले ५० वटा र रेड कार्यान्वयन केन्द्रले २०० वटा नवीकरणमा सहयोग गर्दैछ ।

एउटा कबुलियती वन नवीकरणका लागि वार्षिक रु १० हजार राजस्व तिर्नुपर्ने हुन्छ । दुई सय ५० वटा कबुलियती वन नवीकरण प्रक्रियामा छन् भने बाँकी पनि नवीकरणका लागि पहल भइरहेको छ । उनका अनुसार कतिपय कबुलियती वन लामो समयदेखि नवीकरण हुन सकेका छैनन् ।

अभियानअन्तर्गत पहिलो पटक डिभिजन वन कार्यालयले कबुलियती वनको काठ बिक्री समेत गरेको छ । ती वनका ढलापढा र सुखडखडा रुखहरु कटान सहमति दिएर बिक्री समेत गरेको छ । तीन वटा वनबाट दुई हजार ५६६ क्युविक फिट काठ र चार चट्टा दाउरा बिक्री गरिसकिएको छ । थप दुई कबुलियती वनबाट एक हजार ३२.६९ क्युविकफिट काठ र एक चट्टा दाउरा लिलाम प्रक्रियामा छ ।

त्यहाँबाट प्राप्त आम्दानीमध्ये ५० प्रतिशत राजश्व र ५० प्रतिशत वकुलियती वनको खातामा जाने गर्दछ । थप ३० देखि ५० कबुलियती वनबाट काठ दाउरा बिक्री गर्ने योजना छ । प्रमुख आचार्यका अनुसार कबुलियती वनबाट १५ हजार क्युफिट काठ उत्पादन गर्ने लक्ष्य छ । निष्क्रिय कबुलियती वनहरुलाई सक्रिय बनाउने योजना कार्यालयले लिएको छ ।

एउटा कबुलियती वनमा पाँचदेखि १५ घरपरिवार सदस्य हुने गर्दछन् । घर नजिकैको कम रुख भएका क्षेत्रलाई स्थानीयलाई वनको रुपमा विकास गर्न दिने गरिन्छ । कमजोर आर्थिक अवस्था भएका र विशेषगरी जनजाति बाहुल्य भएको स्थानमा यसरी कबुलियती वन दिने गरिएको छ । स्थानीयले वनमा आयआर्जन गरी वन समेतको संरक्षण गर्ने गर्दछन् ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १ : ५७ बजे

कानुन मन्त्रालयले माग्यो  विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव

काठमाडौं–  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन,

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा