सडकमा लापरबाहीपूर्वक सवारी साधन चलाउनु हुन्छ ? निलम्बनमा पर्ला लाइसेन्स « Khabarhub

सडकमा लापरबाहीपूर्वक सवारी साधन चलाउनु हुन्छ ? निलम्बनमा पर्ला लाइसेन्स


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक लापरबाहीपूर्ण सवारी साधन चलाएर कारवाहीमा परेका चालकहरुको चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरेको छ।

ट्राफिक प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै लापरबाहीपूर्ण सवारी साधन चलाएर १५–२० पटक कारबावाहीमा परेका चालकहरूको अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यही महिनामात्रै ३१ वटा सवारी चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालयमा लेखेर पठाइएको बताए ।

उनले राइडर सेवाका मोटरसाइकलहरूमा एसओएस बटन क्यामरा अनिवार्य गर्ने गरि प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

ट्राफिक प्रहरी र आम चालक–सडक प्रयोगकर्ताबीचको गुनासोलाई सम्बोधन गर्नका लागि ट्राफिक प्रहरीको आचरण सुधारका पनि कार्यालय अघि बढिरहेको उनले बताए ।

त्यस्तै प्रमुख अधिकारीले विभिन्न स्थानमा पार्किङ गरेर सडक अस्तव्यस्त भएकाले काठमाडौंको नयाँ बसपार्कबाट मात्रै लामो तथा मझौदा दूरीका सवारी छुट्ने व्यवस्था गरिएको जानकारी दिए ।

जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका कार्यालयहरूको मर्मत गर्दै ट्राफिक व्यवस्थापन र कारबाही प्रक्रियालाई थप सशक्त बनाइएको पनि उनले बताए ।

उनले मुलुकमा हुने सवारी दुर्घटनामा सवैभन्दा बढी कारण चालकको लापरबाही देखिएको उल्लेख गरे ।

ट्राफिक प्रहरी कार्यालयले आइतबार नै काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण समेत गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  २ : २३ बजे

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ

‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै उद्यमशीलतामा केन्द्रित हुन आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै