सुकुम्वासीको उठिबासबारे रविको टिप्पणी : सरकारको काम राम्रो छ, अतिरञ्जित गरेर मान्छे नउचाल्नू « Khabarhub

सुकुम्वासीको उठिबासबारे रविको टिप्पणी : सरकारको काम राम्रो छ, अतिरञ्जित गरेर मान्छे नउचाल्नू


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अनावश्यक विषयहरूलाई धेरै उचालेर आमनागरिकमा आशंका पैदा नगर्न आग्रह गरेका छन् ।

पार्टीले सांसदहरूका लागि आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको आइतबार ललितपुरमा समापन गर्दै सभापति लामिछानले यस्तो बताएका हुन् ।

वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनाएको डेढ महिनायता थिति बसाल्ने अभियानमा आफूहरू रहेको भन्दै अनावश्यक विषयलाई धेरै उचालेर आमनागरिकमा आशंका पैदा नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे ।

रास्वपाले पाएको जनमत यसअघिको निरन्तरताका लागि नभई क्रमभङ्गका लागि भएको उनको तर्क छ। त्यहीकारण सरकार फरक ढंगले अघि बढ्न खोजेको उनले उल्लेख गरे ।

सभापति लामिछानेले आमनागरिक, समाज र देशले हामीलाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिए ।

त्यस्तै उनले चुनावमा गरेका वाचाअनुसार नै सुकुमवासी र भूमिहीनलाई अधिकार दिने भन्दै त्यसका लागि सरकारले गरेको कामलाई अतिरञ्जित गर्न आवश्यक नरहेको जिकिर गरे।

सभापति लामिछानेले संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको बताए ।

सभापति लामिछानेले देशका समस्या समाधानका लागि अध्यादेश ल्याइएको बताउँदै पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने स्पष्ट पारे।

उनले पार्टी जनताको माया र देशको भविष्यप्रति चिन्तित रहेकाले देशलाई अप्ठेरो हुने कुनै पनि काम नगर्ने धारणा राखे ।

सभापति लामिछानले भाइरल हुनुभन्दा संसद्मार्फत मुलुकलाई आवश्यक कानून निर्माणमा ध्यान दिन सांसदहरूलाई निर्देशन पनि दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ५ : ३१ बजे

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि