हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण « Khabarhub

हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा फेला परेका ४५ वटा मोटरसाइकल र २० वटा स्कुटर सम्बन्धित सवारीधनीलाई जिम्मा लगाइएको हो ।

कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पछिल्लो समय उपत्यकामा मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढ्दै गएकाले नियन्त्रणका लागि विशेष रणनीतिका साथ प्रहरी परिचालन गरिएको जानकारी दिए । उनले सादा पोसाकमा खटाइएको विशेष टोलीले विभिन्न स्थानमा निगरानी, खोजतलास तथा सूचनाको आधारमा अभियान सञ्चालन गर्दै आएको बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले भने, “उपत्यकामा मोटरसाइकल चोरीका घटना बढ्न थालेपछि हामीले सादा पोसाकमा टोली खटाएर खोजतलास गर्न थालेका छौँ । टोलीले उल्लेखनीय सफलता हासिल गरिरहेको छ ।” चोरी भएका अधिकांश सवारीसाधन उपत्यकाका विभिन्न भागमा नम्बर परिवर्तन गरी प्रयोग गरिएको अवस्थामा फेला परेका थिए भने केही सवारीसाधन बिक्रीको तयारीमा रहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको कार्यक्रममा जानकारी दिइयो ।

अनुसन्धानका क्रममा चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । सवारीसाधन फिर्ता पाएपछि धेरै सवारीधनीले खुसी व्यक्त गरेका छन् । कतिपयले मोटरसाइकल हराएको लामो समय भएकाले भेटिने आशा नै मारिसकेको अवस्थामा प्रहरीको सक्रियतामा फिर्ता पाएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

प्रहरीले सवारीसाधन चोरी नियन्त्रणका लागि नागरिकलाई सचेत रहन आग्रह गर्दै सार्वजनिक स्थानमा सवारी पार्क गर्दा सुरक्षित स्थानको प्रयोग गर्न, डबल लक प्रणाली अपनाउन, अपरिचित व्यक्तिलाई सवारीसाधन नदिन तथा आवश्यक सुरक्षा सतर्कता अपनाउन सुझाव दिएको छ । प्रहरीका अनुसार पछिल्लो समय सिसिटिभी निगरानी, डिजिटल प्रविधि तथा विशेष निगरानी टोलीको प्रयोगका कारण चोरी भएका सवारीसाधन फेला पार्ने दरमा वृद्धि भएको छ ।

उपत्यका ट्राफिक प्रहरीले आगामी दिनमा चोरी नियन्त्रण तथा हराएका सवारीसाधन खोजी अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ५ : ४५ बजे

अध्यादेशबाट हटाइए पुराना, तर सरकारसँग छैन नयाँ ल्याउने नयाँ तरिका

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन

अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना