सुकुम्वासी समस्याको दीर्घकालीन समाधान आवश्यक छ : अध्यक्ष घिसिङ « Khabarhub

सुकुम्वासी समस्याको दीर्घकालीन समाधान आवश्यक छ : अध्यक्ष घिसिङ


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर (रौतहट)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन् । जिल्लाको चन्द्रपुर—२ टेम्पुपार्कमा आज आयोजित कोणसभामा उनले वर्षौंदेखि समस्याका रूपमा रहेका समस्या समाधान गर्दै सुकुमवासीको आवासको हकलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गरे ।

अध्यक्ष घिसिङले संविधानप्रदत्त शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षालगायत मौलिक हक कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए । “वर्षौंदेखि सुकुमवासी, अव्यवस्थित बसोबासी, भूमिहिन नागरिकका समस्या समाधान भइहरेका छैनन् । एउटा दीर्घकालीन योजना बनाएर अगाडि बढौँ । ऐलानी जमिनमा बसोबास गदै आइरहेका नागरिकका समस्या पनि कानुनी रूपले समाधान गरौँ”, उनले भने ।

चन्द्रपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक जग्गा, राजमार्ग, बजार क्षेत्र, राजकुलोलगायत सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका घरटहरालगायत संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरिसकेको छ । नगरपालिकामा दुई हजार ११९ परिवार भूमिहीन दलित, चार हजार ८६६ भूमिहीन सुकुमवासी र ११ हजार ७९५ परिवार अव्यस्थित बासोबासी रहेका जिल्लास्थित भूमि समस्या समाधान आयोगले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ७ : ५२ बजे

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक