एनपीएलको दुवै सिजनको आय–व्यय पारित « Khabarhub

एनपीएलको दुवै सिजनको आय–व्यय पारित


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो र दोस्रो संस्करणको आय–व्यय विवरण पारित गरेको छ । आइतबार विराटनगरमा बसेको साधारणसभाबाट सर्वसम्मतिले आयव्यय विवरण पारित भएको हो ।

क्यानले एनपीएलबाट प्राप्त आम्दानीमध्ये ४५ जिल्ला क्रिकेट संघलाई जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

क्यानको वार्षिक साधारणसभाले यसै वर्षदेखि हरेक डिसेम्बरमा ‘क्यान एनुअल अवार्ड्स’ घोषणा गर्ने निर्णय गरेको छ ।

अवार्डमा उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, लाइफटाइम एचिभमेन्ट र ‘मुमेन्ट अफ द इयर’ विधा समावेश गरिनेछ ।

साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ भने सन् २०२६ का लागि क्यानको वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट पनि पारित गरेको छ ।

यस्तै, एसीसी–आईसीसीबाट थप कार्यक्रम आए त्यसअनुसार बजेट तथा कार्यक्रम समायोजन गर्न केन्द्रीय कार्यसमितिलाई अधिकार दिइएको छ । साधारणसभाबाट जिल्ला क्रिकेट संघहरूले सञ्चालन गर्ने कार्यक्रमको आधारमा ‘स्कोर कार्ड ग्रान्ट’ उपलब्ध गराउने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ९ : ५४ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण