इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित « Khabarhub

इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा नेपाली खेलाडीको बाहुल्य रहेको टोली जेबी ब्रुग्स एन्टवर्प एन्कर्ससँग ५ विकेटले पराजित भएको छ । टोली पराजित भए पनि नेपाली अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे ।

मङ्गलवार राति भएको खेलमा ब्रुग्सले प्रस्तुत गरेको १०९ रनकाे लक्ष्य पछ्याएको एन्टवर्पका कप्तान मार्टिन गप्टिललाई गुल्सन झाले पहिलो ओभरको दोस्रो बलमै पेभिलियनको बाटो देखाएका थिए । गुल्सनले धारिलो बलिङ गर्दै टोलीलाई महत्त्वपूर्ण सफलता दिलाए ।

अर्का नेपाली स्टार दीपेन्द्रसिंह ऐरीले पनि बलिङ र फिल्डिङमा आफ्नो प्रभाव छोडे । उनले आफ्नो पहिलो ओभरको पाँचौँ बलमा म्याक्स छुलाई व्यक्तिगत १ रनमा आउट गर्दै २ विकेट लिए । बलिङबाहेक फिल्डिङमा समेत चमक देखाएका दीपेन्द्रले मिड–विकेट क्षेत्रबाट सिधा थ्रो गर्दै लुब्बेलाई शानदार रनआउट गरे । उनको यो उत्कृष्ट फिल्डिङको खेलका क्रममा कमेन्टेटरहरूले समेत खुलेर प्रशंसा गरेका थिए ।

तर, ब्याटिङतर्फ भने नेपाली खेलाडीको प्रदर्शन फिक्का रह्यो । दीपेन्द्र खेलको दोस्रो बलमै मात्र १ रन बनाएर आउट हुन पुगे भने गुल्सन ९ बलमा ९ रन बनाएर आउट भए । हारसँगै प्रतियोगितामा चार खेल खेलेको ब्रुग्सले दुई जित र दुई हारसहित ४ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा चित्त बुझाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ६ : १४ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले