इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित « Khabarhub

इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा नेपाली खेलाडीको बाहुल्य रहेको टोली जेबी ब्रुग्स एन्टवर्प एन्कर्ससँग ५ विकेटले पराजित भएको छ । टोली पराजित भए पनि नेपाली अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे ।

मङ्गलवार राति भएको खेलमा ब्रुग्सले प्रस्तुत गरेको १०९ रनकाे लक्ष्य पछ्याएको एन्टवर्पका कप्तान मार्टिन गप्टिललाई गुल्सन झाले पहिलो ओभरको दोस्रो बलमै पेभिलियनको बाटो देखाएका थिए । गुल्सनले धारिलो बलिङ गर्दै टोलीलाई महत्त्वपूर्ण सफलता दिलाए ।

अर्का नेपाली स्टार दीपेन्द्रसिंह ऐरीले पनि बलिङ र फिल्डिङमा आफ्नो प्रभाव छोडे । उनले आफ्नो पहिलो ओभरको पाँचौँ बलमा म्याक्स छुलाई व्यक्तिगत १ रनमा आउट गर्दै २ विकेट लिए । बलिङबाहेक फिल्डिङमा समेत चमक देखाएका दीपेन्द्रले मिड–विकेट क्षेत्रबाट सिधा थ्रो गर्दै लुब्बेलाई शानदार रनआउट गरे । उनको यो उत्कृष्ट फिल्डिङको खेलका क्रममा कमेन्टेटरहरूले समेत खुलेर प्रशंसा गरेका थिए ।

तर, ब्याटिङतर्फ भने नेपाली खेलाडीको प्रदर्शन फिक्का रह्यो । दीपेन्द्र खेलको दोस्रो बलमै मात्र १ रन बनाएर आउट हुन पुगे भने गुल्सन ९ बलमा ९ रन बनाएर आउट भए । हारसँगै प्रतियोगितामा चार खेल खेलेको ब्रुग्सले दुई जित र दुई हारसहित ४ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा चित्त बुझाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ६ : १४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका